‘मलाई अवार्ड चा’हिँदैन, काम गरेर देखाऊ’

एजेन्सी । जलवायु परिवर्तन वि’रुद्ध आवाज उठाउँदै आएकी १६ वर्षीया ग्रेटा थनबर्गले नर्डिक काउन्सिलले प्रदान गरेको वातारणीय पुरस्कार अ’स्वीकार गरेकी छन् । मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यसबारे जानकारी दिँदै उनले विश्वलाई अवार्डहरु होइन वातावरण संरक्षणका निम्ति बढी भन्दा बढी प्रयास आवश्यक रहेको बताएकी हुन् ।

वातावरण सम्बन्धी अभियानलाई अब थप कुनै अवार्डको आवश्यकता नभएको बताउँदै उनले नर्डिक मुलुकहरुलाई जलवायु परिवर्तनको सम्बोधन गर्न थप लागिपर्न अनुरोध समेत गरेकी छन् । उनले भनेकी छन्, “ वातावरणीय मुद्दा सम्बन्धी नर्डिक मुलुकहरुको धारणा विश्वभर अत्यन्तै प्रतिष्ठित मानिन्छ । यसलाई वास्तवमै नकार्न सकिँदैन । तर हामीले यिनै देशका कार्बन उत्सर्जन, अतिरिक्त उपभोग, अनावश्यक आयात लगायतका कुरा हेर्यौँ भने चाहिँ फरक सत्य अगाडि आउँछ ।”

उक्त अवार्ड आफ्ना लागि ठूलो सम्मानको कुरा भएपनि काम गर्नमा बढी जोड दिँदा राम्रो हुने उनले बताएकी हुन् । विज्ञानले आवश्यक भनेका विषय र राजनीतिमा प्रथामिकता दिइने कुराहरु फरक भएकाले नै आफूले हालसम्म कुनै प्रभावकारी नतिजा र आवश्यक परिवर्तन देख्न नसकेको गुनासो पनि गरेकी हुन् । उक्त अवार्डको पुरस्कार पाँच लाख स्वीडीस कोर्नर बराबर रकम रहेको थियो । मंगलबार मात्र नर्डिक काउन्सिलले उनले अवार्ड अस्वीकार गरेको जनाएको हो ।

थनबर्गलाई स्वीडेन र नर्वेले विश्व इतिहासको संकटपूर्ण क्षणमा वातावरण र मौसमसम्बन्धि विवादलाई नयाँ रुप दिएर उनी लाखौँ मानिसहरुका लागि प्रेरणाको श्रोत बनेकामा उक्त सम्मान दिन लागिएको बताएको थियो । सिएनएन

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖