दुबइको म्युजियम विश्वकै सबैभन्दा ज’टिल संरचना

एजेन्सी। दुबइमा निर्माण भइरहेको एउटा संग्राहलयलाई ‘द म्युजियम अफ फ्युचर’ अर्थात भविष्यको संरचनाको नाम दिइएको छ, जुन हालसम्मकै सबैभन्दा जटिल परियोजना रहेको बताइएको छ । उस्तै देखिने अग्ला भवनहरुको माझमा निर्माणधीन अवस्थामा रहेको सो अनौठो संरचनालाई पहिलोपटक हेर्ने जोकोहिले पनि अचम्म मान्ने गरेका छन् । २०२० अक्टोबरमा दुबइमा हुने वर्ल्ड एक्पोमा यस ऐतिहासिक म्युजियमको उद्घाटन गरिने बताइएको छ ।

यसरी आर्किटेक्चरको दृष्टिकोणबाट हेर्दा सो म्युजियमको आकृतिले नै त्यसलाई भविष्यको संरचनाका रुपमा प्रस्तुत गराउने बताइएको छ । डिजाइनरहरुले उक्त भवनको आकार साधारण मानिसहरुलाई व्याख्या गर्नै कठिन हुने गरेको बताउँदै आएका छन् । किनकी यसअघि त्यस्तो जटिल संरचना कहिल्यै नबनेको बताइएको छ ।

स्थानीय आर्किटेक्चरल कम्पनी किला डिजाइनले २०१५ मा मात्र उक्त म्युजियमका लागि ‘डिजाइन कम्पिटिसन’ जितेको थियो । आर्किटेकहरुका अनुसार संरचनाको ठोस भागले आजको पीढीको ज्ञानलाई प्रीतनिधित्व गर्दछ । त्यस्तै भवनका बाहिरी संरचनामा भने दुबाइका शाषक शेख मोहोम्मद बिन रसिद अल मक्तोमका कविताका पंङ्क्तिहरु खोपिएको छ । ‘कर्सिभ स्क्रिप्ट’ मा झ्यालमा कुँदिएका अक्षरहरुलाई १४ किलोमिटरसम्म पुग्ने ‘एलइडी लाइटिङ’ ले झन सुन्दर दृश्य प्रदान गर्ने बताइएको छ ।

यस परियोजनाका प्रमुख सल्लाहकार, बेलायतको ब्युरो हप्लोइड इन्जिनियरिङका अनुसार यस किसिमको जटिल डिजाइन गणितीय, ‘एल्गोरिदमिक सोच’ बिना कदापी सम्भव थिएन । यस्ता ‘थ्री डाइमेन्सनल’ मोडलमा आधारित प्रविधियुक्त निर्माण परियोजनाको आविस्कार धेरै अगाडि भएपनि यसलाई धेरैपछि अपनाइएको हो जसकारण नै यस किसिमका भवनहरु अत्यन्तै कम छन् । यसका लागि पूर्ण डिजिटल वातावरण आवश्यक रहेको परियोजनाकी अध्यक्ष टोबिआस बोली बताउँछन् । त्यसैले प्रविधिक विकासले नै यो अति जटिल पििरयोजनालाई सफल बनाएको उनको भनाइ छ ।

यसरी म्युजियमको ६० देखि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर साइटमा अहिले थोरै कामदारहरु देखिएपनि पर्दा पछाडि विज्ञहरुले यस जटिल इन्जिनियरिङमा रातदिन लगाएर काम गरिरहेको बताइएको छ । बोलीले भनेका छन्, ‘हामीले पहिलो प्यानल त्यहाँ फिट गरिसकेर त्यो म्याच हुँदाको खुसी कसैलाई बयान गर्न पनि सक्दैनौँ । किनकी एउटा कुरा नमिलेको भए हामीले सुरु देखि काम गर्नुुपर्ने हुन्थ्यो ।”

यति मात्र नभएर यस म्युजियम अफ फ्युचरले स्वस्थ्य क्षेत्र, जलवायु परिवर्तन, खानेकुरा र सुरक्षाका क्षेत्रमा प्रविधिले केकस्ता परिवर्तन ल्याइरहेको छ भन्ने विषयमा पनि प्रकाश पार्ने बताइएको छ । कार्यकारी निर्देशक लाथ कार्लसन भन्छन्, “हामी भविष्यका उपकरण भनेर चम्किला ग्याजेटमा मात्र केन्द्रित छैनौँ । वास्तवमा हामी मानिसको ऐतिहासिक यात्रामाथि सबैको ध्यान केन्द्रित गर्न चाहान्छौँ र यो वास्तविक कथा हुनेछ । ”

एउटा तलामा पुरुै भविष्यका ग्याजेटहरु प्रदर्शन गरिने भएपनि तिनीहरु मानव जातिलाई लाभ पुर्याउने प्रविधिमै आधारित हुने बताइएको छ । म्युजियमले दिर्गकालीन उपभोगको अत्यन्तै प्रभावकारी नमुना प्रस्तुत गर्ने दाबी समेत गरेको छ जहाँ अधिाकांश उपकरणदेखि खानेकुरा सम्म वातावरण अनुकूल हुने बताइएको हो । त्यसैगरी सौर्य ऊर्जालाई कसरी उपयोग गर्ने , वस्तुहरुको रिसाइकल, रियुज लगायतका चुनौतिहरुको रचनात्मक तरिकाले व्यवहारिक समाधान गर्ने तरिकाहरु पनि देखाइनेछ ।

त्यस्तै भर्चुअल रियालिटीयुक्त प्रविधिहरु पनि देख्न पाइनेछ । कार्लसन भन्छन्, ‘यो कुनै साधारण संग्राहलय हुने छैन जहाँ पर्यटकहरुले एउटा बाकस भित्र नाम लेखि राखिएको पुरानो वस्तु अवलोकन गरि जानेछन्, किनकी मुख्य ग्यालरीमा लेबल गरिएका सामग्री कमै हुनेछन् । वास्तवमा हामी यहाँ भ्रमण गर्न आउनेहरुलाई अविस्मरणीय अनुभव दिलाउन प्रतिबद्ध रहनेछौँ । ”

यस म्युजियम अफ फ्युचरले वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । यस्तोमा निर्माण टोलीले उद्घाटनमा हतार नगरि प्रभावकारी प्रस्तुति दिन आफूहरु समर्पित भएर लागिरहेको बताएका हुन् ।-बीबीसी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।