नेपाली चेली बनिन अमेरिकी सेनाको मेजर (भिडियो सहित)
आजका टप ५ समाचार केन्द्रबिन्दु बुलेटिन - भिडियो
नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको विषयले चर्चा पाएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
यस्तै बैंक तथा बित्तीय संस्थाबाट ऋण लिएर घर किन्ने सोचमा हुनेहरुलाई नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मा संसोधन गर्दै ब्याजदर बढेपनि किस्ता नबढ्ने व्यवस्था गरेको विषय पनि प्रमुख समाचारको रुपमा आएको छ ।

यता नेपाली चिकित्सक किरणजंग कुँवरले एक करोड राशीको अवार्ड जितेको समाचार पनि मुख्य समाचारको रुपमा आएको छ । नेपाली मूलकी समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा बढुवा भएको समाचार पनि चर्चामा छ । थप विवरण हेरौं केन्द्रबिन्दु समाचार बुलेटिनमा


