निती र नियतीले ठगिएकी धनकुटाकी यी महिला जो मलामीलाई खाजा खुवाऊने पाटीमा बस्छिन

शर्मिला राई, धनकुटा खबर । सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन…

टाउँकोमा पछ्यौरा वाँधेर तरकारी काट्दै गर्नुभएकी, यो तस्विरमा देखिनुभएकी महिला उर्मिला मोहरा (परियार) को जीवन पनि कलाकार तारा देवीले गाउनुभएको यो गीतको हरफहरुले भने जस्तै न सोचे जस्तो भयो न त देखे जस्तो नै ।

अहिले उहाँ वसेर तरकारी काट्दै गर्नुभएको ठाउँ उहाँको घर होईन । उहाँ विगत करिव एक वर्ष देखी त्यही नजिकैको एक पाटी वस्दै आउनुभएको छ । धनकुटा नगरपालिका वडा नं ३ आफ्नो ठेगाना वताउनुहुने मोहरा कै अनुसार एक वर्ष भन्दा अगाडी आफन्तकोमा डेरा गरी वस्दै आउनुभएकी उहाँ भाडा तिर्न नसक्ने अवस्था भएपछि त्यही नजिकैको मलामी खाजा खाने ठाउँ पाटीमा आएर वस्न थाल्नुभएको हो ।

दिउँसो दाउरा काट्यो वेच्यो वा अरुकोमा काम गर्न गयो अनि पाएको पैसाले डेरामा वसेर गुजारा चलाउदै आउनुभएकी उहाँलाई विगत एक वर्ष देखी भाडा तिर्न नसक्ने अवस्था र्सिजना भए सँगै पाटीमा आएर वस्नु थाल्नुभएको हो ।

वि सं २०२८ सालमा जन्मिनु भएकी उहाँ आफ्नो दिदी सुत्केरी भएको समयमा स्याहार-सुसार गर्न आएको वेला भेना सँग, त्यो पनि ईच्छा विपरित शा’रिरिक स’म्वन्ध भएपछि आफु दुई जीउको भएको उहाँको भनाई छ । तर जो सँग शा’रिरिक स’म्वन्ध भयो उसैले पछि त्यो वच्चा मेरो होईन भनेपछि नीति र नियतिले ठगिएकी उर्मिलाको न टेक्ने ठाउँ, न त समाउने हाँगा नै रह्यो ।

त्यसपछिदेखी नै आफु एक्लै वस्न थालेको उर्मिलाको भनाई छ । समय वित्दै जाँदा ग’र्भवाट एक छोरी जन्मिईन । डेरा मै वसेर दु;ख सुख छोरीलाई पाल्दै पढाउदै गर्दा छोरीले पनि १४ वर्ष मै विवाह गरिन र अहिले उनि पनि दुई सन्तानकी आमा वनिसकेकी छिन । तर आफुले जन्माएको सन्तानले विवाह गरेर दुई सन्तान जन्माई सक्दा समेत उर्मिलाले अझै विवाह दर्ताको प्रमाण पत्र वनाउन पाउनुभएको छैन ।

उहाँकी छोरी पनि अहिले आफ्नो दुवै नानी लिएर उर्मिला सँगै वसिरहेकी छिन । अहिले उनीहरु आमा छोरी नै अरुकोमा काम गर्न जाने अनि पाएको पारिश्रमिकले गुजारा चलाउने गरिरहेकाछन् । यो जीवन शैलीलाई हेर्दा उनिहरुको दु;ख र कतिपय कमी कमजोरी आफ्नो ठाउँमा रहेपनि सरकारले भन्दै गरेको “समृद्ध नेपाल, सुखी नेपाली”को नारालाई साकार पार्न अर्थात सवै नेपालीलाई सुखी वनाउनका लागि उनिहरु वाँचिरहेको यस्तो अवस्थाको व्यवस्थापन गर्न सम्वन्धित व्यक्ति, परिवार र सरोकारवाला सवैको ध्यान जान जरुरी छ ।

नेपालको संविधानको भाग ३ को धारा ४० दलितको हक सम्वन्धि ५ र ६ नं वुँदामा क्रमश; राज्यले भूमिहिन दलितलाई कानुन वमोजीम एक पटक जग्गा उपलब्ध गराउनु पर्नेछ”र “राज्यले आवास विहिन दलितलाई कानुन वमोजिम वसोवासको व्यवस्था गर्नेछ”उल्लेख गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।