सु’नकोसीमा ब’स दु’र्घटना : १७ को मृ’त्यु, एकै गाउँका ८ जना

काठमाडौं, कार्तिक १८ । सुनकोसी नदीमा यात्रुवाहक बस ख’स्दा कम्तीमा १७ जनाको मृ’त्यु भएको छ।

दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेनजिकैबाट नदीमा ख’स्दा पाँच बालबालिकासहित १७ जनाको मृ’त्यु भएको हो। दु’र्घटनामा ५१ जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा १२ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। १५ जनाको घ’टनास्थलमा र दुई जनाको उ’पचारका क्रममा मृ’त्यु भएको थियो। नदीमा केही यात्रु बे’पत्ता भएकाले मृ’तकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ। बस सडकबाट करिब २० मिटर तल नदीमा ख’सेको छ।

आइतबार साँझसम्म १० जनाको सना’खत भएको छ। दुर्घ’टनामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ –५ का रितेश खड्का र शैलुङ–७ की कविता राउतको घट’नास्थलमा मृ’त्यु भएको डीएसपी काफ्लेले जानकारी दिए । ४ महिला र ४ पुरुषको सना’खत हुन सकेको छैन।

बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ–४ की ६ वर्षीया बा’लिका सलिना तामाङ र धुलिखेल अ’स्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृ’त्यु भएको थियो।

घा’इते ५१ जनालाई धुलिखेल अ’स्पताल लगिएको छ। ग’म्भीर दुईजनालाई काठमाडौं रि’फर गरिएको धुलिखेल अ’स्पतालले जनाएको छ। चालक धनबहादुर श्रेष्ठ ग’म्भीर घा’इते छन्।

उद्धा’रका लागि रिसोर्टका र्‍याफ्टिङ बोट पनि प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए। साँझसम्म खो’जी जारी राखिएको छ।

एकै गाउँका ८ जनाको मृ’त्यु

बस दु’र्घटनामा दोलखाको एकै गाउँका ८ जनाको मृ’त्यु भएको छ । शैलुङ गाउँपालिका–५ काटाकुटी गाउँका ८ जनाको मृ’त्यु भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै सुकुटे पुगेका अध्यक्ष दुलालका अनुसार काटाकुटी गाउँका ८ जनाको मृ’त्यु भएको हो। ‘गाउँबाट फोन आउँदा सबैको रु’वाबासीमात्र सुन्छु’, अध्यक्ष दुलालले मलिन स्वरमा भने ।

‘घा’इते र श’व खोज्दै दिनभर कहिले सुकुटे, कहिले धुलिखेल पुगेँ। सिन्धुपाल्चोकको बाह्रविसेमा थप शव’को पहिचान गर्न जाँदै छु,’ उनले भने। शैलुङ गाउँपालिकाकै मागापौवाका २ जनाको पनि मृ’त्यु भएको उनले भने। युवराज पुरी (सिन्धुपाल्चोक) र रवीन्द्र गौतम (गोरखा) ले लेखेका यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

सनाखत भएका मृ’तक

त्रिपुरासुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी ३० वर्षीया चमेली श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी ६ वर्षीय शाइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका–९, दोलखाकी २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३,दोलखाकी ५० वर्षीया रत्नकुमारी राउत, शैलुङ गाउँपालिका–३,दोलखाकी २८ वर्षीय किरण राउत, शैलुङ गाउँपालिका–३,दोलखाका तीन महिने शिशु शिषन तामाङ, शैलुङ गाउँपालिका–५, दोलखाका रितेश खड्का, शैलुङ गाउँपालिका–७,दोलखाकी कविता राउत, शैलुङ गाउँपालिका–४, दोलखाकी ६ वर्षीया बालिका शलिना तामाङ र ५२ वर्षीया चेतकुमारी बस्नेतको ठेगाना खुल्न सकेको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।