‘नीति नियम पालना गरे सहकारी धरासाई हुँदैन’
हिले बचत तथा ऋण सहकारी संस्थाद्वारा वार्षिक आय व्यव प्रस्तुत
धनकुटा खबर । २२ लाख १४ हजार बराबर वार्षिक आय व्यव प्रस्तुत गर्दै हिले बचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिले को दशौं वार्षिक साधरण सभा आज समापन गरिएको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष उमेश घिमिरको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका लेखा संयोजक विरेन्द्र घिमिरेले आर्थिक वर्ष २०७५र२०७६ को २२ लाख १४ हजार ७४ रुपैया ५५ पैसा बराबरको वार्षिक आयव्यय प्रस्तुत गर्नु भएको हो ।
साधारणसभामा वोल्दै नगर प्रमुख तामाङले सहकारीका बचत कर्ता एवम् सेयर सदस्यहरु पनि सहकारी व्यवस्थापन मा सचेत हुन आवश्यक रहेकोमा जोड दिनुभयो । सवै सहाकारीहरुले नीति नियम पालना गरे सहकारी धरासाई नहुने भन्दै नगर भित्र रहेका सबै सहकारीहरुलाई मर्ज गर्ने तयारी भईरहेको जानकारी गराउनु भयो ।

त्यस्तैगरी कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघका अध्यक्ष सुन्दर बाबु श्रेष्ठले आर्थिक समृद्धीका लागि सहकारीमा सबैले बचत गर्न आवश्यक रहेको वताउनुभयो । साथै जिल्ला सहकारी संघले सहकारी व्यवस्थापन सम्वन्धि तालिम र शिक्षाको आवश्यक व्यवस्था गर्दै आएको वताउनुभयो ।
सहकारीका अध्यक्ष घिमिरेले सहकारीबाट कर्जा उपल्ब्ध गराई सबैलाई सहकारीमा जोड्ने योजना रहेको जानकारी गराउदै एक द्धरा प्रणाली ल्याउन लागिएको बताउनु भयो । धनकुटानगरपालीका वडा नं १ का वडा अध्यक्ष निरन तामाङले सहकारीको वृद्धी विकासका लागि सहकारीको सिद्धान्त पालन गर्न आवश्यक रहेको बताउनु भयो ।
साधारणसभामा जिल्ला यूवा समितिका संयोजक अर्जुन छाराहाङ , धनकुटानगरपालिका वडा नं १ का सदस्य लाचन गोङवा , सहकारीको तर्फ बाट नवज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धिरेन थिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधरण सभामा असल ऋणी निलम कुमारी राई , असल बचत कर्ता दुर्गा घिमिरे , सबै भन्दा भढि सेयर खरिद कर्ता सुन्दर बहादुर खड्का, भोगेन्द्र थापालाई करुवा र सम्मान पत्रले सम्मान गरिएको छ । साधारणसभामा स्वागत मन्तव्य सहकारीका सदस्य गौरव कार्कीले राख्नुभएको थियो ।


