यी हुन् करेलाको जुसका चार फा’इदा

एजेन्सी— करेलामा कयौँ गुणकारी तत्व हुन्छन् । यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन् । करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न पनि यसले सहयोग गर्छ । एउटा अध्ययनअनुसार यसले मोटोपना कम गर्न पनि सहयोग गर्छ । यो त करेलाको कुरा भयो । त्यस्तै राम्रो हुन्छ, करेलाको जुस पनि । यी हुन्छन् यसका फाइदाः

तौल घटाउन मद्दत गर्छ करेला
करेलाको जुसले इन्सुलिनलाई सक्रिय बनाउँछ । यसले शरीररमा बनाउने चिनी तथा बोसो कम गराउँछ । यसले शरीरको बोसो कम गर्न सहयोग गर्छ ।

करेलामा हुन्छ कम क्यालोरी
करेलामा क्यालोरी, बोसो तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुन्छ । एक सय ग्राम करेलामा जम्मा ३४ क्यालोरीमात्र हुन्छ । त्यसैले करेलाको जुसले क्यालोरी मेन्टन गर्न मात्र होइन, बोसोमाथि नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

फाइबरयुक्त हुन्छ करेला
करेलामा फाइबरको मात्रा अत्यन्त बढी हुन्छ । करेलामा पानीको मात्र पनि धेरै नै हुन्छ । करेलाको तौलमध्ये ८९ प्रतिशत तौल पानी हो भनिन्छ । त्यसैले पनि गर्मी याममा करेलालाई अझ विशेष मानिन्छ ।

बोसोयुक्त कोष बन्नबाट रोक्छ
एक अध्ययनका अनुसार करेलाले शरिरमा बोसोको मात्र कम गर्न सहयोग गर्छ । यसले शरीरमा नयाँ बोसोयुक्त कोष नियन्त्रणमा पनि सहयोग गर्छ । यसले हाम्रो तौल घटाउन सहयोग गर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।