जाडोवाट ब’च्न भाषा मावि कागतेका विद्यार्थीहरुलाई स्वेटर सहयोग

धनकुटा खबर । लामा कार्की कूल समाजले आज धनकुटा नगरपालिका वडा नं ३ कागतेको भाषा माध्यमिक विद्यालयका कक्षा नर्सरी देखी ५ सम्मका विद्यार्थीहरुलाई स्वेटर र स्टेस्नरीका सामाग्री कपी, कलम सहयोग गरेको छ ।

जाडोवाट वच्न र विद्यालयको पठनपाठनमा समेत सहयोग पुर्याउने लक्षका साथ नर्सरी देखी कक्षा ५ सम्मका ८७ जना वालवालिकाहरुलाई समाजले ती सामाग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द राईले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर थापाको अध्यक्षतामा सञ्चालित एक कार्यक्रमको वीच लामा कार्की कूल समाजका अध्यक्ष चक्र बहादुर कार्कीले ती सामाग्रीहरु प्रदान गर्नुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा धनकुटा नगरपालिका ३ का वडाअध्यक्ष विकास घिमिरेले सवैका लागि कति पढ्यौ भन्दा पनि कति संस्कार सिक्यौ भन्ने कुरा ठुलो हुने बताउनु भयो । उहाँले यस्तो सहयोगले विद्यार्थीहरुलाई थप हौसला वढ्ने विश्वास व्यक्त गर्नु भयो ।

साथै आगामी दिनमा विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि वडाले पनि भरपुर सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक राईले विद्यालयको शैक्षिक गतिविधि जानकारी गराउनु भएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष त्रिभुबन कार्की, विद्यालय व्यवस्थापनका सदस्य हिरामान राई, एलुम्नाइ एशोसिएसन शान्तीराम मिश्र, धनकुटा नगरपालिका वडा नं ३ का सदस्यहरु, पूर्व शिक्षक तथा बुद्धी जिवी, विभिन्न संघ संस्थाका प्रदाधिकारी, शिक्षक लगायतको उपस्थिती थियो ।

विद्यालयको अनुरोध अनुसार नै समाजले ती सामाग्री विद्यार्थीहरुलाई सहयोग गरेको प्रधानाध्यापक राईले वताउनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।