सहकारीले लिने-दिने मात्र गर्नुभन्दा सामाजिक काममा पनि ध्यान दिऔं

नियम वि परित चल्ने सहकारीको कारण अन्य सहकारीलाई समस्या

शर्मिला राई, धनकुटा खबर । पछिल्लो समय निमय विपरित चल्ने सहकारीहरुका कारण नीति संगत तरिकाले चल्ने सहकारीहरुलाई समस्या हुँदै गएको एक कार्यक्रमका सहभागीहरुले वताएका छन् ।

महिला स-शक्तिकरण वचत तथा ऋण सहकारी सँस्था धनकुटा १ हिलेको आज सम्पन्न ८ औं वार्षिक साधारण सभाका सहभागी वक्ताहरुले त्यस्तो वताएका हुन् । उनिहरुले त्यस्ता सहकारीहरुले सहकारी सम्वन्धि नीति तथा सिद्धान्त वुझ्न जरुरी रहेको वताएका छन् ।

महिला स-शक्तिकरण वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष पेमा कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङले सहकारी सञ्चालक तथा सम्वद्ध सवैले सहकारीको नीति र सिद्धान्त वुझ्न जरुरी रहेकोमा जोड दिनुभयो ।

सहकारीमा वचत गर्ने र ऋण मात्र लिने दिने गर्नुभन्दा पनि सामाजिक कामहरु गर्न तर्फ समेत ध्यान दिए अझ राम्रो हुने उहाँले वताउनुभयो । अव सवै सहकारीहरुले पौष मसान्त सम्ममा आफ्नो वार्षिक प्रतिवेदन वुझाई सक्नुपर्ने नगरले नियम वनाएको जानकारी गराउदै उहाँले सहकारी मर्जको समेत तयारी भईरहेको वताउनुभयो ।

त्यस्तैगरी सम्पूर्ण सहकारीहरुको तर्फवाट वोल्दै नवज्योति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धिरेन थिङ्गले नियम विपरित चल्ने सहकारीहरुको कारण अन्य सहकारीलाई समस्या भएको भन्दै सवै सहकारीहरु नियम अनुसार चल्नु पर्ने वताउनुभयो । साधारणसभामा सहकारी संस्थाकी अध्यक्ष पेमा कुमारी लामाले आर्थिक वर्ष २०७५/७६ को २ करोड ९७ लाख २१ हजार ७ सय २३ रुपयाँ वरावरको वार्षिक आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

भने सहकारी स्थापना काल देखी सहयोगीको भूमिका निर्वाह गर्दै आउनुभएका एकल महिला गंगामाया पाठक लाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै असल ऋणी रिता कार्की पाण्डे र रिना कार्की एवम् नियमित वचतकर्ता विमला तामाङ्गलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभामा वडा सदस्य फुलमाया विक, अरुण उपभोक्ता सहकारी संस्थाका व्यवस्थापक शान्ति तामाङ्ग,जनप्रगति वचत तथा ऋण सहकारी सँस्थाका नारायण कटुवाल,मजदुर वचत तथा ऋण सहकारी सँस्थाका सचिव फुर्वा घिसिङ्ग,मातृभूमि महिला समाजका सचिव कृष्ण आचार्य न्यौपाने,संगम टोल वस्ति सँगठनका अध्यक्ष ज्ञान वहादुर राई लगायत अन्य विभिन्न सँघ सस्थाका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिती थियो । स्वागत मन्तव्य सहकारीका सदस्य मञ्जु तामाङ्गले राख्नु भएको थियो भने सञ्चालन व्यवस्थापक सुनिता लावतीले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖