सरकार र कांग्रेस प’तनतिर भन्दै डा. बाबुराम भट्टराईले गरे च’र्को आ’लोचना (भिडियो सहित)

काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेकपाप्रति कडारुपमा टिप्पणी गर्दै राजपासँग एकता गर्न सकिने विश्लेषण गरेका छन् । पार्टीको बिहीबार बसेको संघीय परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सत्तारुढ नेकपा र कांग्रेसप्रति कडा रुपमा कटाक्ष गरेका हुन् । सत्तारुढ नेकपा उठ्नै नसक्ने गरी पतनको बाटोमा हिँडेको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका डा भट्टराईले कांग्रेस आफ्नै आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको दाबी गरेका छन् ।

नेकपाले आफूलाई समानुपातिक–समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्रविरुद्ध उभ्याएको भन्दै उनले संघीयताको सही मोडेल निर्धारण हुन नसक्नुमा कांग्रेसको ठूलो भूमिका रहेको आरोप पनि लगाएका छन् । कांग्रेसको शासनकालमा ठूल्ठूला भ्रष्टाचार काण्डहरु भएको र सुशासनको सवालमा प्रतिवद्ध नदेखिएको भन्दै कांग्रेसबारे विश्वलेष गर्दै डा भट्टराईले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘आजको दिनमा कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थलथिलो भएको छ ।’

गणतन्त्र, संघीयता, समावेशिता र धर्म्निरपेक्षताकोविरुद्धमा रहेको राप्रपालाई जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने शक्तिको रुपमा विश्लेषण गरेका उनले राजपा राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल भएको बताएका छन् । राजपासँग धेरै एजेण्डा मिल्ने भन्दै पार्टी एकता प्रयासलाई चाँडै निष्कर्षमा लैजानु पर्नेमा डा. भट्टराईको जोड छ ।

साझा पार्टीले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्नु सकारात्मक भएको भन्दै उनले उनले विप्लव नेतृत्वको नेकपाले सशस्त्र संघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरिरहेको आरोप लगाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।