पाख्रीबासमा सहकारी लेखापालन सम्वन्धि ६ दिने तालिम शूरु

धनकुटा खबर, मंशिर २ । धनकुटाको पाख्रीबास नगरपालिकामा आजवाट आधारभुत सहकारी लेखापालन सम्वन्धि ६ दिने तालिम शूरुभएको छ । जिल्ला सहकारी संघ धनकुटाको संयोजनमा सञ्चालित तालिमको उदघाट्न पाख्रीवास नगरपालिका प्रमुख बृष बहादुर राईले गर्नु भएको हो ।

सहकारीको लेखा व्यवस्थापन सम्वन्धि जानकारी दिने लक्षका साथ सञ्चालित तालिममा धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका २६ वटा सहकारी संस्थाका सहकारी अगुवाहरुले भाग लिई रहेका छन् ।

कार्यक्रममा पाख्रीवास ४ का वडाध्यक्ष शोवित निरौला सहित अन्य अतिथिहरुले शूभकामना मन्तब्य राखेका थिए । तालिमको सहजीकरण सहकारी प्रशिक्षालय प्रदेश १ का प्रशिक्षक नरेन्द्र पोख्रेल,एकनाथ दाहाल,रमेश ढकाल र संघका अध्यक्ष सुन्दरवावु श्रेष्ठले गरिरहेको जिल्ला सहकारी संघ धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।