इजरायलमा नयाँ प्रधानमन्त्री छा न्न संसदलाई जि म्मेवारी

जेरूसेलम । निर्वाचनको बहसलाई अन्त्य गर्दै नयाँ प्रधानमन्त्री चयन गर्न इजरायली संसदलाई यहाँका राष्ट्रपति रेउभेन रिभलिनले बिहीबार निर्देशन दिएका छन् ।

इजरायलमा करिब दुई महिना पहिले (सेप्टेम्बर १७) मा भएको निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक प्रष्ट बहुमत ल्याउन नसकेपछि संयुक्त सरकार गठनका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा रहेका बेन्जामिन नेतन्याहु र उनका प्रतिस्पर्धी बेनी गान्जका प्रयासहरू सफल हुन नसकिरहेका समय राष्ट्रपतिको उक्त भनाई आएको हो ।

राष्ट्रपतिले संसदबाट नयाँ प्रधानमन्त्री छान्नका लागि बिहीबारदेखि २१ दिनको समयसीमा तोकेका हुन्। संसदीय निर्वाचनमा २५.९५ प्रतिशत मत अर्थात् ३३ सदस्य निर्वाचित भएको इजरायली ब्लु एण्ड ह्वाइट पार्टीका नेता गान्जले गठबन्धन सरकारका लागी आफ्नो प्रयास सफल नभएको बताएको एक दिनपछि राष्ट्रपतिको यो निर्देशन आएको हो ।

निर्वाचनमा २५.१० मतसहित दोस्रो ठूलो दल लिकुड पार्टीका नेता तथा प्रधानमन्त्री नेतन्याहुको संसदमा ३२ सदस्य रहेका छन् । जम्मा १२० सीट भएको इजरायली संसदमा सरकार गठनका लागि बहुमत पुग्न जम्मा ६१ मतको आवश्यक पर्छ । जसका लागि उनीहरू दुबैले कम्तीमा अन्य तीन दललाई विश्वासमा लिनुपर्ने हुन्छ । -एएफपी/ Photo Credit: IANS

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।