सहकारीकाे माध्यमवाट देशकाे आर्थिक विकासमा आमुल परिवर्तन गर्न सकिन्छ : राजेन्द्र राई

पाख्रीवासमा सहकारी लेखा पालन सम्वन्धि तालिम, ४ जिल्लाका २६ सहकारीले भाग लिए

धनकुटा खबर । जिल्ला सहकारी संघ धनकुटाकाे संयाेजनमा पाख्रीवासमा सञ्चालित सहकारी लेखा पालन सम्वन्धि ६ दिने तालिम अाज सम्पन्न भएकाे छ ।

तालिम समापन कार्यक्रममा वाेल्दै प्रतिनीधिसभाका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र कुमार राईले सहकारीकाे माध्यमवाट देशकाे आर्थिक विकासमा आमुल परिवर्तन गर्न सकिने वताउनु भयाे ।

कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रतिनिधि सभा सदस्य, संघका अध्यक्ष,सहकारी प्रशिक्षकहरुवाट प्रदान गरिएको जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरवावु श्रेष्ठले जानकारी दिनुभयाे। कार्यक्रममा सहभागीहरुको तर्फबाट महिला कल्पना राई पुरुष चन्द्र ढकालले अा अाफ्नाे धारणा राखेका थिए ।

तालिमको सहजीकरण सहकारी प्रशिक्षालय प्रदेश नं १ का प्रशिक्षक रमेश ढकाल,नरेन्द्र पराजुली,एकनाथ दाहाल र संघका अध्यक्ष श्रेष्ठले गरेका थिए । तालिममा ४ जिल्ला धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभाका २६ सहकारी संस्थाका सहकारी अभियन्ताहरुले भाग लिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।