कङ्गोमा वि मान दु र्घटना, २३ जनाको मृ त्यु

गोमा । आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो । विमानमा दुई चालका दलका सदस्यसहित १७ यात्रु रहेका थिए । उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धारका कार्यका लागि घटनास्थलमा तैनाद सुरक्षाकर्मीले बताए ।

‘अहिलेसम्म २३ जनाको मृत शरीर घटनास्थलबाट निकालिएको छ,’ गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले एएफपीलाई बताए । गोमा विमानस्थलका अधिकारी रिचार्ड मङ्गोलोपाले एएफपीसँगको कुराकानीमा दुर्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना क्षीण रहेको बताए ।

गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन् ।

दुर्घटनाग्रस्त विमान कम्पनी ‘बिजी बी’का हेरिटिएर सैयद मोमादाउले विमानमा दुई चालक दलका सदस्यसहित १९ जना रहेको बताए । बिजी बीका तीन विमानले उत्तरी किभू प्रान्तका विभिन्न रूटमा सेवा दिँदै आएको थियो । विमान कम्पनीका एक प्राविधिकले प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएका स्थानीय अनलाइन एकुलेट डट कमले उल्लेख गरेको छ ।

विमान वस्तीमा खसेको तर त्यहाँ कतिको मृत्यु भएको वा घाइते भएको भन्ने जानकारी आइसकेको छैन । –एएफपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖