ए’पेन्डिसाइटिस के हो र किन हुन्छ ? जान्नुहोस्

ए’पेन्डिसाइटिस जुनसुकै उमेर समूहको जसलाई पनि हुनसक्छ । यो अकस्मात हनुसक्छ । अकस्मात हुने भएकाले २४ घन्टाभित्र श’ल्यक्रिया गरिसक्नुपर्छ । यसको लक्षण अचाक्ली पेट दुख्नु हो पेट दुखेको २४ घण्टा भित्रै शल्यक्रिया गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ।

ए’पेन्डिक्स शरीरमा विकास भएको तर काम नलाग्ने अङ्ग हो । यो ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी हुन्छ।

किन हुन्छ ए’पेन्डिसाइटिस

ए’पेन्डिसाइटिसको प्रमुख कारण ए’पेन्डिक्स अंगको नलीमा हुने संक्रमण, हो । यो पेटमा रहेका परिजीबी हो। फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपछि यो समस्या आउने गर्छ। यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रुकावट आउनाले यो सुन्निएर सं’क्रमण भई फुट्ने अवस्थामा आउँछ। फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ। यसले मानिसको ज्यान जान सक्छ ।

ए’पेन्डिसाइटिस रोग नभई आकस्मिक अवस्था हो। ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँष्टिकका लक्षणहरु जस्तै महशुश हुने, वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने, जस्ता लक्षणहरु शुरुमा देखापर्छन् । यो बढेर बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढ्छ ।

कसै कसैलाई झाडापखाला तथा छिटो–छिटो पिसाब लाग्ने हुन्छ। सहनै नसक्ने गरी बेस्सरी पेट दुख्छ । के कारणले पेट दुखेको हो भन्ने पत्ता लगाउन विभिन्न परिक्षणहरु गरिन्छ । रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाइन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।