रँगशालामा ‘धुर्मुश’ : बालुवा बो’क्नेदेखि भाँडा मा’झ्नेसम्म, कामदारसँगै खाना खाँदै गरेको भिडियो भा’ईरल (हेर्नुस भिडियो)

सिताराम कट्टेल (धुर्मुस) सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको नेचा बेतघारी गा.वि.स.मा जन्मिएका हुन्। बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि. सं २०४० साल आश्विन ४ गते उनको जन्म भएको हो । (स्रोत नखुलेको) उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो ।

माध्यमिक तहसम्मको अध्ययन सिताराम कट्टेलले झापाको गौरादहमा पुरा गरे । निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकालदेखि नै आर्थिक अभाव भोगे । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउथे ।

खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएका उनी विद्यालयमा राम्रो विद्यार्थीमै गनिन्थे । अत्यन्तै सोझा तर तेजीला सितारामले एसएलसी प्रथम श्रेणीमा पास गरे । उच्च शिक्षाका लागि उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैँया गोजीमा राखेर काठमाण्डौँ छिरे । कोठा खोज्दा, सामान जुटाउँदा ३६ प्रतिशत ब्याजमा बुवाले ऋण खोजेर दिएको पैसा सकियो ।

त्यसपछि काठमाण्डौँमा आएर उनले चित्र बनाउनेदेखि भाँडा बेच्ने कामसम्म गरे । संघर्षले जम्मा गरेको पैसाले रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरुलाई जोक र क्यारीकेचर गरेर हँसाएको भरमा थुप्रै छाक टारे । केहि समय पछि उनलाई कलाकार बन्ने भूत चढ्यो । हाँस्यकलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजान बढ्यो । तर, गतिलो अवसर पाएनन् । काठमाण्डौँदेखि हार मानेर झापा फर्किएका सिताराम फेरी संघर्षसँग जुध्नका लागि राजधानी आए । रँगशालामा ‘धुर्मुश’को एक दिन | बालुवा बोक्नेदेखि भाँडा माझ्नेसम्म (भिडियो हेर्नुस)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।