प्याजको भाउ लगातार बढेपछि बंगलादेशकी प्रधानमन्त्रीले गरिन प्याज नखाने घोषणा

काठमाडौं, मंसिर १५ । प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन्।

बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम बाहिरिने देखेपछि उनले जनतालाई समेत प्याज उपभोगका लागि निरुत्साहित गर्न आफ्नो भान्सामा प्रयोग नगर्ने निर्णय लिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशमा सामान्य अवस्थामा ३० टाका प्रतिकेजी रहेको प्याजको भाउ बढ्दै गएर दुई सय ६० टाका पुगेपछि प्रधानमन्त्री हसिनाले यस्तो कदम चालेकी हुन् । बंगलादेशी सरकारले जनतालाई राहत दिन भन्दै सीमित पसलबाट प्रतिकेजी ४५ टाकामा उपलब्ध गराइरहेको छ । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖