विहे पछी माल्भिकाले भो’गिन यस्तो बि’भेद – हेर्नुस् भिडियो

काठमाडौ । मितिनी संस्थाले आयोजना गरेको महिनावारीसँग सम्बन्धित कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बा आफ्नो परिवार सहित भेटीइन । माल्भिका सुब्बाले आफ्नो महिनावारी हुँदाको सहजता देखि विभेदको विषयमा खुलेर बोलेकी छिन ।

एक छोराको आमा समेत भएकी माल्भिका सुब्बाले महिनावारी हुँदा छोरीलाई विभेद गर्नु गलत हो भन्ने तर्क राखेकी छिन । माल्भिकाले माईतीमा हुँदा महिनावारीमा कुनै पनि किसिमको विभेद सहनु नपरेको तर विवाह पश्चात भने केही समय गाह्रो भएको उल्लेख गरेकी छिन । आमा नर्स भएको कारणले पनि माईतीमा हुँदा सहज भएको तर विवाह पश्चात घरमा हजुरआमाले गर्दा केही समय बार्नु परेको सुनाईन ।

धर्मले गर्दा अहिले महिनावारी हुँदा महिलाहरुलाई विभेद गर्ने चलन अहिले पनि गाउँ घर देखि सहरसम्म रहेको जुन गलत संस्कारलाई हामीले अपनाईरहेको कुरा उल्लेख गरिन् । पहिला महिनावारी हुँदा सफा सुगर नहुँदा टाढा बस्ने चलनलाई अहिले विभेदको रुपमा लिइने कुरालाई परिवर्तन गर्नुपर्ने जोड दिएकि छिन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।