आ न्दोलनरत मे डिकल कलेजका विद्यार्थीले आजबाट हुने परीक्षा ब हिष्कार गर्ने

काठमाडौं । लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीहरुले बुधबारबाट सञ्‍चालन हुने त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले बुधबारदेखि सञ्चालन गर्ने एमबीबीएस, बीडीएसलगायत स्नातक तहका प्रथम वर्षको परीक्षा बहिष्कार गर्ने भएका छन् ।

मेडिकल कलेजहरूले अवैध रुपमा असुलेको शुल्क फिर्ताको माग गर्दै आएका विद्यार्थीहरुले भोलिबाट सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने जनाएका हुन् । यसअघि गत कात्तिक २१ मा तोकेको परीक्षामा आफूहरुलाई परीक्षा दिन सक्ने वातावरण नभएकोभन्दै परीक्षा बहिष्कार गरेपछि आइओएमले १८ मंसिरका लागि परीक्षा सारेको थियो ।

स्नातक तह प्रथम वर्ष एमबीबीएसको परिक्षा नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले बहिष्कार गर्ने र बीडीएसतर्फको चितवन मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थीहरुले बहिस्कार गर्ने चिकित्सा संघर्ष समितिका महासचिव अनित सिन्हाले बताए ।

उनले गत मंसिर १० मा सरकार र निजी मेडिकल कलेज सञ्चालक बीचको सहमतिअनुसार एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने भएपछि आन्दोलनलाई निरन्तरता दिनु परेको बताए ।

सरकारसँगको दुई पटकको छलफलपछि निजी मेडिकल कलेज मन्त्रिपरिषद्बाट चिकित्सा शिक्षाको स्नातक तथा एमबीबीएस र बीडीएस कार्यक्रमका लागि निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्न सहमत भए पनि त्यसले आन्दोलनरत विद्यार्थीको पीडाको सम्बोधन नभएको र सजिलै मेडिकल कलेज सञ्चालकहरू शुल्क समायोजन गर्न तयार पनि नहुने विद्यार्थीले बताएका छन् ।

सरकार र मेडिकल कलेज सञ्चालकहरूबीचको दुई बुँदे शुल्क समायोजन सहमति गरे पनि अहिलेसम्म कुनै कार्यान्वयन नगरेको आन्दोलनरत्त विद्यार्थीहरु बताउँछन् । राष्ट्रिय सतर्कता केन्द्रले मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर अहिलेसम्म विद्यार्थीको पक्षमा कुनै सुनुवाई भएको छैन् ।

आर्थिक वर्ष २०७४-२०७५, २०७५-२०७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन अथवा फिर्ता गर्ने र २०७२-२०७३, २०७३-२०७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन गर्ने र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समक्ष अनुरोध गर्ने लाचार निर्णय गरिएको छ । यसले हाम्रो माग सम्बोधन नभएको एक विद्यार्थीले बताए । -बाह्रखरीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।