उत्तर कोरियाली नेता किम पत्नीसहित सेतो घो डामा सवार हुँदा जे देखियो, म हत्वपूर्ण नि र्णय लिने संकेत 

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपको सबैभन्दा अग्लो शिखर मानिने माउन्ट पेक्टुको सेतो घोडा चढेर यात्रा गरेका छन् । नेता उनले आफ्नी पत्नीसहित माउन्ट पेक्टुको आरोहण गरेका हुन् । माउन्ट पेक्टु पर्वत र सेतो घोडा किम परिवारको वंश परम्परा र नियमसँग जोडिने प्रतिकको रुपमा लिने गरिन्छ । उनको यो यात्रालाई उत्तरकोरियामा एउटा प्रतिकात्मक यात्राको रुपमा लिइएको छ ।उनले आफुले महत्वपूर्ण निर्णय लिनुअघि माउन्ट पेक्टुको यात्रा गर्ने गरेका छन् ।

यसअघि पनि अमेरिकासँगको वार्ता हुँदै गर्दा उनले सो पर्वतको यात्रा गरेका थिए । किम परिवारले जब माउन्ट पेक्टुको यात्रा तय गर्छन्, तब उत्तरकोरियाले विश्वका लागि देखिने किसिमको कुनै एउटा नयाँ निर्णय गर्दैछ भन्ने अनुमान गर्ने गरिन्छ ।

उत्तरकोरियाली सरकारी समाचार एजेन्सीहरुले नेताकिम सेतो घोडा चढेर पवित्र पर्वतको यात्रामा निस्कनुभएको भन्दै समाचार प्रसार गरिरहेका छन् । उत्तरकोरियाको विदेश मन्त्रालयले मंगलबार यो वर्षको अन्त्यमा नेता उनको भ्रमणले केही संकेत गर्न खोजेको जनाएको छ । किमको पछिल्लो पर्वतीय यात्रा यो वर्षको अन्त्यतिर भएको छ, जुन यात्रामा किमले वासिङटन्ले अघि सारेको आणविक कूटनीतिमा नयाँ प्रस्तावहरू अघि सार्ने सम्भावना देखिएको जनाइएको छ ।

किम आफ्नी पत्नी र शीर्ष लेफ्टिनेन्टहरूसँगै घोडामा सवार हुँदै गरेका तस्विरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् । उनीहरू हिउँले ढाकिएको पहाडमा हिँडिरहेको देख्न सकिन्छ ।
सो यात्राको क्रममा किमले भने, ‘साम्राज्यवादी र वर्ग दुश्मनहरूले हाम्रो पार्टीको वैचारिक, क्रान्तिकारी र वर्गीय स्थितिलाई कमजोर पार्न अझ उन्मत्त प्रयास गर्छन्।त्यसको लागि तयारी अवस्थामा रहनुपर्छ ।’

उत्तरकोरियाली अधिकारीहरूले पहिले उत्तर कोरियाले लामो दूरीको मिसाइल र आणविक परीक्षणमा रोक लगाए पनि अमेरिकाले कस्तो कार्य गर्छ भन्नेमा आशंका गर्दै आएका छन् र वार्ता त्यसैमा निर्भर रहने दाबी गर्दै आएका छन् । नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच उत्तरकोरियाको आणविक हतियार व्यवस्थापनका विषयमा पटक पटक भेटवार्ता भैसकेको छ ।

बरफले ढाकिएको शहर उद्घाटन

सोही क्रममा उनले उच्च पर्वतहरूको बीचमा एउटा नयाँ शहरको उद्घाटन गरेका छन् । यो शहर उनको परिवारको परम्परा र मान्यतासँग जोडिएको छ । किमका बुबा किम जोंग इल १९४१ मा यहीँ जन्मिएका थिए । उत्तर कोरियाली मिडियाले यसलाई आधुनिक सभ्यताको प्रतीकको रूपमा नाम दिएको। माउन्ट केटुको छेउमै रहेको उक्त शहरका उद्घाटनमा आतिशबाजी समेत गरिएको थियो । यस अवसरमा, किमले रातो रिबन काटेर शहरको उद्घाटन गरेका थिए ।

किमको पार्टी मुखपत्र रोडोंग सिन्मुनले किमल रिबन काटिरहेको फोटो समेत सार्वजनिक गरेको छ। किमले यस शहरको नाम सामिजियोन राखेका छन् । यहाँ बनाइएका धेरै भवनहरूमा होटलहरू, अपार्टमेन्टहरू, स्की रिसोर्टहरू, व्यवसायिक र सांस्कृतिक भवनहरु र अस्पतालहरू रहेका छन् । यो शहर प्राय वर्षभरी नै हिउँ(बरफ)ले ढाकिनै रहन्छ ।

उत्तर कोरियाको समाचार एजेन्सीका अनुसार यो शहर आधुनिक युगको सबैभन्दा राम्रो उदाहरण हो । यहाँ चार हजारभन्दा बढी परिवार बस्न सक्छन् । हजारौं एकड जमिनमा बनेको यस शहरमा सार्वजनिक र औद्योगिक भवनहरू पनि रहेका छन् ।-रातोपाटी/ Photo: theguardian.com

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।