धनकुटामा पनि आकासियो प्याजको मुल्य
धनकुटा खबर । तरकारी, मासु विभिन्न खाजाको परिकारको रुपमा प्रयोग हुने प्याजको मुल्य धनकुटामा समेत आकासिएको छ ।
दशै देखि बढेको प्याजको मूल्य अहिले होलसेलमा प्रतिकेजी २ सय रुपैयाँ खुद्रा मूल्य प्रतिकेजी २ सय भन्दा माथी पुगेको व्यापारी तथा उपभोक्ताले बताएका छन् । धनकुटाको बिहिबारेको तरकारी बजारमा भेटिएका एक व्यापारीले भने आफुहरुको खरिद मुल्य नै बढी भएकोले अहिले आफूहरुले समेत महँगो मै बिक्रि गर्नु पर्ने अवस्था आएको छ ।
नेपालमा प्याज कम उत्पादन हुने भएको र भारत लगायत अन्य देश बाट प्याज ल्याउनु पर्ने भएकोले समेत बजार प्रभावित हुने र कुन समयमा सस्तो हुने बा महँगो हुने भन्न नसहिने व्यापारी बताउछन् ।
यता उपभोक्ता भने नियमनकारी निकायले बजार अनुगमन नगर्दा व्यापारीहरुले आफू खुसी मल्य निर्धारण गर्दा प्याजको मूल्य आकासिएको बताउछन् । अन्य तरकारी बालिको समेत मुल्य छोईनक्नु भएकोले सम्वन्धीत निकायले बजार अनुगमन गर्न आबश्यक भएको उपभोक्ताको भनाई छ ।


