एकदिनमै बन्छ यस्तो राम्रो घर-गोठ, हेर्नुस् ६ लाखमै बन्छ ४ कोठाको घर (भिडियो सहित)

काठमाडौं । राजेश रुम्बा लामाको चितवनमा तामाङ ब्लक उद्योग संचालित छ । उनको तामाङ ब्लक उद्योग पुर्वी चिवनमा निकै चर्चित छ । राजेशले संचालन गरेको उद्योगले एकदिनमै घर गोठ निर्माण गरेर घरधनीलाई हस्तान्तरण समेत गर्ने गरेको छ ।

एक दिनमै घर गोठ बन्ने भएपछि उनको ब्लक उद्योगको चर्चा चुलिएको हो । राजेशले तमाङ ब्लक उद्योगको शाखा कार्यालय मकवानपुरमा समेत खोलेका छन् । निम्न आय स्रोत भएका व्यक्तिका लागि एक दिन घर गोठ निर्माण सेवा प्रभावकारी बन्दै गएको राजेश बताउछन् ।

‘घरधनीले भने अनुसार घर बनाउन थप समय लाग्न सक्छ’ राजेशले भने, ‘तर मेरो टिमले घर गोठको नमुना एक दिनमै तयार पारिदिन्छ ।’ कम्तीमा चार कोठाको घर तयार पार्नको लागि ६ लाख देखि ८ लाख सम्म खर्च लाग्ने उनले जानकारी दिए ।

तामाङ ब्लक उद्योगले निर्माण गरेको घर चालिस बर्ष सम्म टिक्ने राजेशले दाबी गरेका छन् । ‘हामीहरुले बनाएको घर भुकम्प प्रतिरोधी हुन्छ’ उनले भने, ‘७२ सालको भुकम्पले पनि हामीले बनाएको घरमा कुनै क्षती भएन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।