जलवायु सम्बन्धी अभियन्ता १६ वर्षीया कि शोरी ग्रेटा थनवर्गलाई टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषणा
वाशिङ्गटन । अमेरिकी चर्चित म्यागेजिन टाइमले सन् २०१९ को वर्ष व्यक्तिमा जलवायु सम्बन्धी अभियन्ता १६ वर्षीया किशोरी ग्रेटा थनवर्गलाई घोषणा गरेको छ ।
गएको सेप्टेम्बर महिनामा उनले युएन क्लाइमेट एक्सन समिटलाई सम्बोधन गर्दा निकै चर्चा पाएकी थिइन् । उनी २०१९ को नोबेल शान्ति पुरस्कारको नोमिनेसनमा पनि परेकी थिइन् । यद्यपि पुरस्कार भने इथियोपियाका प्रधानमन्त्री अबिय अहमद अलीलाई दिइएको थियो ।
सानो उमेरमै विश्व चर्चा हासिल गरेकी ग्रेटालाई टाइम म्यागेजिनले यसपालि वर्ष व्यक्ति बनाएको हो । यसैवर्ष सो म्यागेजिनले १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि ग्रेटालाई राखेको थियो । टाइम म्यागेजिनले वर्ष व्यक्ति सन् १९२७ बाट तोक्न थालेको हो । (एजेन्सी)


