चिनियाँ अभिनेत्री स्वी नेपाल भनेपछि हु’रुक्कै, नेपाल यात्राको उनको भिडियो डेढ करोडले हेरिसके

चिनियाँ अभिनेत्री स्वी छिङ नेपाल भनेपछि हुरुक्कै भएकी छिन् । उनी दोस्रो पटक नेपाल आएर भक्तपुर र पोखरा पुगिन् । भक्तपुमा बालबालिकालाई भेटिन् । भक्तपुरको कला र सौन्दर्य अवलोकन गरिन् ।

उनी दोस्रोपटक पोखरा पुगिन् । अन्नपूर्ण क्षेत्रको भ्रमण गरिन् । त्यहाँको सुन्दरता देखेर स्वी हुरुक्कै भएकी छिन् । नेपाल भ्रमण वर्ष नजिकिदै गर्दा उनी स्वयंले नेपालको प्रचार गरिरहेकी छिन् ।

स्वीले अन्नपूर्ण क्षेत्रलगायत नेपालको विभिन्न स्थान घुमेको दृश्य र भिडियो चिनिँया सामाजिक सञ्जाल वीबोमा राखेकी छिन् । यसलाई डेढ करोडले हेरिसकेका छन् । स्वीका कारण नेपालको सुन्दरताबारे डेढ करोड मानिसहरुसम्म जानकारी पुगेको छ ।

नेपाल भ्रमण वर्षको प्रचार प्रसारका लागि करोडौं खर्च भइरहँदा चिनियाँ अभिनेत्री स्वीका कारण विना खर्च प्रचार भइरहेको छ । स्वी छिङ चीनको ख्यातिप्राप्त कलाकार हुन् । दुईपटक नेपाल भ्रमण गरेकी उनले अर्कोपटक फेरि नेपाल भ्रमण गर्ने भएकी छिन् । अबको चार महिनापछि अन्नपूर्णको पदयात्रा गर्ने भएकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।