पैसा तिर्न नसक्दा सुत्केरी महिला अस्पतालमै ब’न्दी

विराटनगर । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका तोपाकी ललितादेवी मण्डलले उपचार रकम तिर्न नसक्दा विराटनगरस्थित विराटनगर अस्पतालमा बन्दक बनेकी छिन् ।

एक महिना अघि विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा जुम्ल्याहा छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पु–याइएको थियो ।

उनका परिवारले ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरेर १ लाख ७४ हजार रुपैयाँ बुझाएपनि अस्पतालले अझै ३ लाख ५० हजार रुपैयाँ बाँकी रकम तिरेपछि मात्रै डिस्चार्ज गरिदिने भन्दै रोकेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकी ललितादेवीलाई अहिले अस्पतालबाट डिस्चार्ज गर्ने खर्च जोहो गर्न उनका श्रीमान गोपी मण्डल गाँउमा भिख माग्न बाध्य बनेका छन् ।

यस अघि दुई लाख भन्दा बढी ऋण खोजेर अस्पतालमा बुझाएपनि बाँकी रकम जोहो गर्न नसकेको उनी बताउँछन् ।

यता विराटनगर अस्पतालका बरिष्ठ लेखा अधिकृत सुवास पोखरेलले भने बिरामीका आफन्तले अस्पतालमा अहिलेसम्म ५ हजार रुपैयाँ धरौटी मात्रै बुझाएको बताएका छन् । अहिले अस्पतालले उपचार बाहेक पनि केही सहयोग गर्नसक्ने तर, उपचार खर्च पूरै मिनाहा गर्न नसकिने बताएको छ ।

अस्पतालले जटिल अवस्थामा आएका बिरामीलाई अहिले सामान्य अवस्थासम्म ल्याइपु-याउँदा पैसाको कारण उपचार नरोकेको तर, खर्च नतिरी डिस्चार्ज गर्न नमिल्ने बताएको छ । न्यूज २४ नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।