भारतको नागरिकता विधेयक, सु धारवादी मुसलमानलाई समेट्न तसलीमाको आग्रह

नयाँ दिल्ली । बंगलादेशकी निर्वासित लेखिका तसलीमा नसरीनले भारतमा बनाइएको नागरिकता संशोधन कानुन छिमेकी देशमा अत्याचार गरिएकाहरुका लागि राम्रो भएको बताएकी छन् । उनले गैर मुश्लिम बाहेक कानुनमा नास्तिक, उदारवादी, धर्मनिरपेक्ष र सुधारवादी मुसलमानलाई पनि सामेल गर्नुपर्ने जनाउँदै कट्टरपन्थीहरुको चपेटामा मुसलमान पनि परेको जनाएकी छन् ।

नागरिकता संशोधन कानुनलाई लिएर भारतीय मुसलमानका तर्फबाट चिन्ता जनाउनु बेइमानी भएको बताउँदै तसलीमाले मुसलमान समुदायले भारतका अन्य धार्मिक समुदायको जस्तै युनिफर्म सिविल कोड स्वीकार गर्नुपर्ने जनाइन् ।

सन् १९९२ मा बाबरी मश्जिद ढलेपछि बंगलादेशमा पनि हिन्दु विरोधी दंगा भएको थियो । तसलीमाको चर्चित उपन्यास ‘लज्जा’ सोही पृष्ठभूमिमा आधारित रहेको थियो । जसमा हिन्दु समुदायको अवस्थाको बारेमा चर्चा गरिएको छ । उनी कट्टरपन्थीले धम्क्याएपछि सन् १९९४देखि नै बंगलादेश बाहिर रहेकी छन् । उनी स्वीडेनको नागरिक भएकी छन् र अहिले भारतको भिसामा केही वर्षदेखि बस्दै आएकी छन् । (बीबीसी)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖