द भ्वाईस अफ नेपालका पहिलो विजेता सिडी विजयको गु’नासो,- जितेको गाडि अहिले सम्म पाएको छैन (भिडियो सहित)

काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शोको दोश्रो सिजन दुई हप्ता अघि सकिएको छ र यसै बीच यो शोले धेरै थरिका विवादहरु सामना गर्नुपर्यो । कहिले शोको सदस्यले पैसा नपाएको गुनासो त कहिले कोच बाहिरिंदा पोखेको तितो अनुभव, द भ्वाईसका संचालकहरु माथि विभिन्न प्रश्नहरु तेर्सिए । अहिले दोश्रो सिजन सकिए संगै पहिलो सिजनको विजेताले समेत गुनासो व्यक्त गरेका छन् ।

पहिलो सिजनको विजेता सिडी विजय अधिकारीका अनुसार उनले सोचे अनुरुप द भ्वाईसबाट आफुलाई फाइदा भएन । आफु भित्रको खुबी निकाल्न ‘द भ्वाईस’बाट सक्दो सहयोग नभएको र अहिले सम्म आफ्नो पहिलो गित सम्म रिलिज नगर्देको गुनासो पोखेका छन् । साथै विजेता भए संगै उपहार पाउने भनिएको गाडि र नगद सम्म अहिले सम्म पूर्ण रुपले नपाएको समेत उल्लेख गरेका छन् । विजय अधिकारीले ‘द भ्वाईस’ का सदस्यसंग भेटघाट भईरहेको तर उनीहरुले गरेका वाचाहरु समयमा पूरा गर्न नसकेको तितो अनुभव पोखेका छन् ।

क्यानाडा नेपालका मदन रिजालसंग कुराकानी गर्दै सिडी विजय अधिकारीले भने: ” मेरो नाम द भ्वाईसले गर्दा संसारभरिका नेपालीहरुले चिनेका छन् तर आफुभित्र भएको प्रतिभा मैले द भ्वाईसबाट निकाल्न भने सकेको छैन । एकवर्षको कन्ट्राकले गर्दा मैले आफुलाई अगाडि लाग्न पनि सकिन साथै द भ्वाईसले पनि सोचे अनुरुप मेरो खुबी र प्रतिभालाई बाहिर ल्याउन सकेन । सायद वहाँहरुको पनि आफ्नै समस्या होला त्यसैले मैले धेरै दुख मनाउ गरेको छैन तर मैले सोचे अनुरुप विजेता भएर आफ्नो प्रतिभा प्रस्तुत गर्न पाएको छैन ।”

सिडी विजय अधिकारीका अनुसार जितेको पुरस्कार नपाएको विषयमा भन्छन :”मैले द भ्वाईस जितेपछि ठुलो भईस पैसा कमाईस गाडि पाईस भनेर साथीभाई भन्छन तर आफुले भने पाउनु पर्ने पूर्ण पैसा र गाडि अहिले सम्म पाएको छैन । नगद पुरस्कार भने आधि पाईसकेको छु र केही पाउन बाँकी छ भने गाडि चाहि द भ्वाईस टिमले नयाँ सम्झौता गरेर केही समयमा दिने वाचा गर्नुभएको छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।