यस्तो स्वा स्थ्य चौकी, जहाँ सि टामोल समेत पाइँदैन

इटहरी– सप्तरी कोइलाडीकी नाजीया खातुन सामान्य ज्वरो आएपछि हनुमाननगर स्वास्थ्य चौकी पुगिन्। २ घण्टा हिँडेर आएकी उनी स्वास्थ्यकर्मीको पर्खाइमा थिइन्। करिब आधा घण्टापछि अहेबले उनलाई आफ्नो कक्षमा बोलाए। प्रेसर र शरीरको तापक्रम जाँच गरेपछि सामान्य भाइरल भएको सुनाए। त्यहीअनुसार औषधि पनि लेखिदिए। अहेबको चिट बोकेर उनी फार्मेसीतर्फ लागिन्।

तर फार्मेसीका कर्मचारीले औषधि नभएकाले बाहिर गएर किन्न सुझाव दिए। उनले केही भन्न सकिनन्। बाहिर निस्केर उनी सिधै घरतर्फ लागिन्। निजी क्लिनिकमा जाँच गर्दा पैसा लाग्ने भएर सरकारी स्वास्थ्य चौकी आएकी उनले बाहिरै औषधि किन्नुपर्ने भयो। तर पर्याप्त पैसा नभएकाले उनी रित्तै हात फर्किइन्।

स्वास्थ्य चौकी हनुमाननगरका प्रमुख अहेब वीरेन्द्र यादव लामो समयदेखि औषधि अभाव खड्किएको बताउँछन्। उता फार्मेसीको अवस्था पनि त्यस्तै छ। खिया लागेर भाँचिन लागेका टिनको र्‍याकमा केही औषधिका बट्टा छन्। फार्मेसीका कर्मचारीले दराजमा केही बोत्तल स्लाईन र सिरप राखेका छन्।

७ दिन अगाडि आफूहरुले माग फारम भरेर नगरपालिकामा बुझाइसके पनि आउन केही दिन लाग्ने यादव बताउँछन्। उनका अनुसार औषधि सकिएपछि मात्र माग फारम भरेर औषधि मगाउनुपर्ने हुन्छ। जसका कारण हरेक समय औषधि अभाव हुने गर्छ।

औषधि अभावको समस्या हनुमान नगरको मात्र हैन। सुनसरी जिल्ला अस्पताल इनरुवामा पनि त्यही समस्या देखिन्छ। अत्यावश्यक औषधि नहुँदा बिरामीहरु खाली हात फर्कनुपर्ने बाध्यता छ। अस्पतालले प्रदेश मातहतको स्वास्थ्य निर्देशनालयबाट औषधि माग गर्नुपर्ने हुन्छ। तर माग गर्न पहिला ल्याएको औषधि खपतको विवरण पेश गर्नुपर्ने हुन्छ। फार्मेसीमा बारम्बार कर्मचारी परिवर्तन हुने भएकाले अस्पतालले पुरानो विवरण पेश गर्न सकेको छैन। त्यसैकारण दैनिक ५ सयभन्दा बढी बिरामी आउने अस्पतालमा औषधि अभाव छ।

इनरुवा अस्पतालकी मेडिकल अफिसर डा. बिना शाक्यले अस्पतालले माग फारम पठाएको र केही दिनमै औषधि आउने बताइन्। सरकारले दिने निःशुल्क औषधिका अलावा बाँकी औषधि अस्पताल आफैंले खरीद गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि अस्पताल व्यवस्थापन समितिसँग छलफल भइरहेको उनी बताउँछिन्।

औषधि अभावको समस्या जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्म उस्तै छ। अस्पतालले खरीद गर्दा अपनाउनुपर्र्ने सार्वजनिक खरीद ऐनको लामो प्रकृया र सरकारले दिने औषधिमा पनि प्रकृया लामो भएकाले अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव देखिन्छ।

सामान्य भाइरल ज्वरोको समेत औषधि नपाउने स्वास्थ्य संस्थाबाट डाक्टरहरुले सिधै निजी क्लिनिकमा बिरामी रिफर गर्ने गरेका छन्। -बिनय बाह्रकोटी/स्वास्थ्य खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।