दुई चिनियाँ कु टनीतिज्ञलाई नि ष्काशन गर्नु अमेरिकाको ‘ग लत नि र्णय’

बेइजिङ । चिनियाँ दुई कूटनीतिज्ञलाई निष्कासन गर्नु अमेरिकाको ‘गलत’ निर्णय भएको चीनले सोमबार जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले आइतबार जनाएअनुसार अमेरिकी सरकारले सेप्टेम्बरमा गोप्यरूपमा अमेरिकाका लागि चिनियाँ राजदूतावासका दुई पदाधिकारीलाई निष्काशन गरेको भन्ने खबरप्रति चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ श्वाङले चासो व्यक्त गर्दै यसो गर्नु अमेरिकाको ‘गलत निर्णय’ भएको बताए ।

ती दुई अधिकारीले आफ्नो गाडी चढेर अमेरिकाको भर्जिनियाको एक सैन्य आधारमा प्रवेश गरेको समाचारमा बताइएको छ । प्रवक्ता कङले पत्रकारसँगको नियमित भेटमा उक्त बिषयबारे चीनको धारणा राखेका थिए ।

अमेरिकाले चिनियाँ कूटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय लिनु दुई मुलुकको कूटनीतिक सम्बन्धको गम्भीर उल्लङ्घन भएको र चीनले यसबारे अमेरिकासँग कूटनीतिक च्यानलमार्फत सम्पर्क गरी कडा शब्दमा विरोध गरेको प्रवक्ता कङले बताए ।

अमेरिकालाई भियना कुटनीतिक सम्बन्ध सन्धिबमोजिम राष्ट्र र राष्ट्रबीच एकले अर्काको कुटनीतिज्ञलाई सुविधा तथा प्रत्याभूति प्रदान गर्नु नै एक आपसी सम्बन्धको आधार भएको भन्दै अमेरिकालाई आफ्नो गल्ती सच्याउन पनि उनले आग्रह गरे ।-एएफपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।