सन् २०१९ मा १३ अर्ब डलरको ह तियार आ पूर्ति गरेका छौ: पुटिन

मस्को । रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका छन् । उनका अनुसार रूसले हतियार आपूर्तिबाट गत बर्षको तुलनामा यस बर्ष दुई अर्ब अमेरिकी डलर बढी आम्दानी गरेको छ ।

‘अस्वस्थ प्रतिस्पर्धा र रूसमाथिको कडा प्रतिबन्ध’ का बाबजुद विश्वमा रूसको हतियार बजार फस्टाएको छ,’ पुटिनले विदेशी मुलुकहरूसँगको रूसी सैनिक प्रविधि सहकार्य आयोगसँगको बैठकमा भने ।

यस बर्ष रूसमा सातवटा अन्तर्राष्ट्रिय सैन्य प्रदर्शन गरेको र यसबाट रूसी हतियारको बजार प्रवद्र्धनमा थप टेवा पुगेको उनले बताए । यस बर्ष हतियार बिक्रीका लागि करिब पाँच अर्ब ५९ करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको रूसले जनाएको छ ।

राष्ट्रपति पुटिनले हतियार निर्यात गर्दा रूसले सधैँ सामुहिक सुरक्षा सन्धि संगठन, कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स र अफ्रिकासहितका परम्परागत साझेदार मुलुकहरूलाई प्राथमिकता दिने उल्लेख छ । -सिन्ह्वा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।