मनोज भारतको नयाँ प्रधान से नापति बन्दै

नयाँ दिल्ली । भारतको प्रधान सेनापतिमा लेफ्टीनेन्ट जनरल मनोज मुकुन्द नरभाने नियुक्त हुने भएका छन् । अहिले उनी भारतको सेना उपप्रमुख हुन् । यही डिसेम्बर ३१ मा अहिलेका प्रधान सेनापति बिपिन रावतले अवकाश पाउने भएकाले उनी नयाँ प्रधान सेनापति नियुक्त हुन लागेका हुन् ।

स्रोतका अनुसार उनले जनवरी २०२० देखि भारतको १.३ मिलियन सेनाको नेतृत्व गर्नेछन् । गएको सेप्टेम्बर महिनामा सेनाको उपप्रमुख भएपछि मनोजले इस्टर्न कमाण्डको नेतृत्व गर्दै आएका थिए । उनले पछिल्लो समय भारतको चीनसँगको करिब ४ हजार किमि सीमाको सुरक्षा नेतृत्व गर्दै आएका थिए ।

सेनामा ३७ वर्ष लामो समयदेखि काम गर्दै आएका उनी पूर्वोत्तर भारत र जम्मु तथा काश्मीर क्षेत्रमा पनि विगतमा खटिएका थिए ।

उनले श्रीलंकामा भारतीय पिस किपिङ फोर्समा सहभागिता जनाउनुका साथै म्यान्मारको भारतीय दूतावासमा तीनवर्ष डिफेन्स एट्याचीको रुपमा समेत काम गरेका थिए । (पीटीआई)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।