नागरिकता का नुन सं शोधन दिल्लीमा फेरि हिं सा, प्रधानमन्त्री मोदीद्वारा शा न्त बन्न आग्रह

नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरेका छन् ।

देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी नयाँ कानूनको बचाउ गर्दै भने, ‘मोदीले नागरिकता संशोधन सोचविचार गरेर नै गरिएकोले यसमा ‘गुरिल्ला’ राजनीति बन्द गर्नु उचित हुनेछ ।’

संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा भारतीय मुसलमान समुदायले हजारौँको सङ्ख्यामा विगत केही दिनदेखि प्रदर्शनलाई जारी राखेका छन् ।

भारतीय मुसलमान समूहको सक्रियतामा भारतको राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीद्वारा शान्ति कायम राख्न आग्रह गरेका हुन् । प्रधानमन्त्री मोदीले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको बताए ।

प्रधानमन्त्री मोदीले मुस्लिमहरूमा विपक्षीहरूले डर पैदा गराएको आरोपसमेत लगाएका छन् भने कानूनलाई क्रियान्वयनमा लान गृहमन्त्री अमित शाह दृढ देखिएका छन् ।

केन्द्रीय गृहमन्त्री अमित शाहले विपक्षीले जतिसुकै विरोध गरे पनि कानुन लागु गराउने बताए । उनले भने, ‘म विपक्षलाई भन्न चाहन्छु कि राजनीतिक रूपमा जति सक्नुहुन्छ विरोध गर्नुस् तर मोदी सरकार यो लागु गराउन प्रतिबद्ध छ ।’

दिल्लीदेखि पूर्वमा रहेको सीलमपुर मुस्लिम बहुल क्षेत्रमा मङ्गलबार भएका झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्ली प्रहरीका संयुक्त आयुक्त आलोक कुमारले सलीमपुरको घटनामा २१ जना घाइते भएको र त्यसमा १५ जना सुरक्षाकर्मी रहेको बताए । प्रहरीले लाठी चार्ज नगरेको र संयमता अपनाएको आलोक कुमारले बताए । उनले भने, ‘प्रदर्शनकारी निकै आक्रामक बनेपनि प्रहरीले संयमता अपनाएको छ । गोली चलाइएको छैन तर केही स्थानमा भीडलाई नियन्त्रण गर्न केही अश्रुग्यास मात्र प्रहार गरिएको छ ।’ उनले आक्रमणकारीले दुईवटा प्रहरी चौकीमा क्षति पु¥्याएको दावी गरे । –एएफपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।