स्वास्थ रहन कति खाने सागसब्जी र फलफूल ?

एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल तथा सब्जी भिटामिन एवं माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वको कमीले मुटु, मधुमेह र अन्य प्रकारका गैरसंक्रमक रोगलाई बढावा दिन्छ ।

इन्डियन जर्नल फर मेडिकल रिसर्च (आइजेएमआर)मा प्रकाशित नेसनल इन्स्टिच्युट अफ न्युट्रिसियन हैदराबादका वैज्ञानिक कमला कृष्णस्वामी र राजगोपाल गायत्रीको रिपोर्टका अनुसार, दैनिक ४०० ग्राम सब्जी एवं फलफूलको सेवन गर्नाले मधुमेहको खतरा २४ प्रतिशत, नसामा रगत जम्ने खतरा ११ प्रतिशत तथा हुदयाघातको खतरा ११ प्रतिशतले कम हुन सक्छ ।

रिपोर्टका अनुसार, विश्वका शीर्ष वैज्ञानिक संस्थाको अध्ययनमा फलफूल–सब्जीको सेवनमा भएको कमीलाई लिएर चिन्ता बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) खानामा फलफूल र सब्जीको मात्रा ४०० ग्राम तय गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।