सफलताको सू त्रः कामप्रतिको चाहनाले पुर्याउँछ शिखरमा

एजेन्सी ।  स्टिभ जब्सबारे नसुन्ने अब त अत्यन्त कम होलान् । एप्पल कम्पनीका संस्थापक स्टिभ अहिले यो दुनियाँमा छैनन् तर उनको सोच र विश्वासले अहिले पनि विश्वमा तरङ्ग उत्पन्न गरिरहेको छ । सन् १९५५ मा जन्मेका स्टिभको मृत्यु क्यान्सरका कारण ५ अक्टोबर २०११ मा भएको थियो ।

जब्सले आफ्नो मृत्युअगाडि नै आफूलाई चाहिएको सफलता हासिल गरेका थिए । उनले जीवनमा कडा संघर्ष गरेका थिए र सफलता हासिल गरेका थिए । सफल हुन चाहनेका लागि उनले केही टिप्स दिएका पनि छन्ः

कामप्रति लगाव दिनुहोस्
कुनै पनि काम गर्न कोही पनि व्यक्तिको तीव्र इच्छाशक्ति हुनुपर्छ । यसको अर्थ हो, जो आफ्नो काम गर्छ, उसमा लगाव हुनु जरुरी छ । कुनै पनि काम जबरजस्ती गर्नु हुँदैन ।

जे हुन्छ, राम्रैका लागि हुन्छ
स्टिभ जब्सको जीवनमा निकै धेरै उतारचढाव आए । उनी सधैं आफूलाई केही नराम्रो हुँदा पनि त्यसमा केही राम्रो अवश्य हुने सोच्थे । यही कुरा गीतामा पनि भनिएको छ । तर, हामी यसलाई मान्दैनौँ । तर, जब्स यो कुरालाई मान्थे ।

आफ्नो काममा गुणस्तर राख्नुहोस्
सफलताको सबैभन्दा ठूलो कुरा भनेको आफ्नो काममा विशेष ध्यान दिनु र त्यसको गुणस्तर कायम राख्नु हो । जब्सले जे प्रोडक्ट भए पनि त्यो गुणस्तरीय भएमा सबैको ध्यान जित्न सकिने बताएका थिए ।

टिममा विश्वास राख्नुहोस्
जब्सका अनुसार यदि तपाईं कुनै टिममा काम गर्दै हुनुहुन्छ भने टिमको काममा विशेष ध्यान दिनु जरुरी छ । यसो गरिएन भने आफैंलाई घाटा हुने जब्सको विश्वास थियो ।

आलोचक र प्रतियोगीबाट सिक्नुहोस्
आफ्ना प्रतिस्पर्धी के गरिरहेका छन् भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । आलोचकबाट पनि सधैं केही न केही कुरा सिकिरहनु भनेको आफूलाई सफलतामा डोर्याउनु हो भन्ने जब्सको विश्वास थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।