बा लबा लिकालाई तरकारी खुवाउन नियमित सागसब्जीको तस्बिर देखाउनुपर्छ !
एजेन्सी । हरेक घरमा बालबालिकाहरुले सागसब्जी र फलफुल राम्ररी नखाँदा बाबुआमालाई समस्या हुने गरेको छ । गुलियो र बाहिरी खाना बढी मनपराउने बालबालिकाहरुलाई पोषणजन्य खानेकुरा विशेषगरी हरिाया सागसब्जी खुवाउन अत्यन्तै कठिन हुने गर्दछ ।
तर एक नयाँ अनुसन्धानले अभिभावकहरुको सो समस्या सजिलै समाधान गर्न सकिने देखाएको हो ।
रिसर्चका अनुसार अन्दाजमा बालबालिकालाई कुनै खानेकुरा पहिलोपटक खान दिनु भन्दा दै्रनिक सागसब्जी र फलफुलहरुको तस्बिर किताबमा देखाउने गर्नुले उनीहरुमा ती खानेकुरा प्रतिको रुची बढ्न सक्नेछ ।
यसो गर्नाले तस्बिरबाट चिनेका सब्जी उनीहरुले मीठो मानेर खाने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।
गत वर्ष गरिएको यस अध्ययनमा १२७ बालबालिकाका अभिभावकले सहभागीता जनाएका थिए ।
यसमा उनीहरुलाई तीन छुट्टाछुट्टै समुहमा विभाजित गरि भिन्दाभिन्दै काम लगाइएको हो सबैलाई दिनमा एउटा फल र सब्जी लक्षित गरि त्यही खान दिन लगाइएको थियो ।
यसरी दुई समुहले आफ्ना छोराछोरीलाई दैनिक एउटा लक्षित फल र सब्जीको तस्बिर देखाउने गरेका हुन् भने तेस्रो समुहले चाहिँ कुनै तस्बिर नदेखाइ खुवाउने प्रयास गरेको थियो ।
यस्तोमा तीन महिनापछि पहिलो दुई समुहका बालबालिकाहरुले लक्षित गरेका सागसब्जी मन पराएर राम्ररी खाने गरेको पाइएको हो ।
यसबारेमा न्युट्रिसनविद् ब्रिगेट बेनेलाम भन्छिन्, “छोराछोरीलाई सबै किसिमका खानेकुरा बिना समस्या खाने बानी लगाउन तिनको बाल्यअवस्था नै सबैभन्दा राम्रो समय हो । त्यस समयदेखि नै उनीहरुलाई स्वस्थ खाने बानी लागाउन सकेमा जीवनभरका लागि उपयोगी साबित हुनेछ । किनकी उनीहरुमा पछि आवश्यक पोषण तत्व पुर्याउन एकैपटकमा पर्याप्त सागसब्जी खुवाउन कठिन हुन सक्छ । यस्तोमा यो नयाँ अध्ययनले अभिभावकहरुको चुनौति केही हदसम्म सहज बनाइदिएको छ । ”-बाह्रखरी


