यसरी गोलभेडाले छा लालाई गर्छ फाइदै फाइदा

एजेन्सी । गोलभेडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यसले तपाईंको कपालमा कन्डिसनरको काम गरि कपाललाई चम्किलो र नरम बनाउन सहयोग गर्दछ ।

गोलभेडाले तपाईंको छालाको रङलाई सफा गर्दछः
गोलभेडा स्वास्थको दृष्टिकोणले निकै राम्रो मानिन्छ र जसलाई छालामा पनि प्रयोग गर्न सकिन्छ । यो साँचो हो, यदि तपाईं दैनिक रुपमा गोलभेडाको जुस पिउनुहुन्छ र गोलभेडालाई आफ्नो छालामा रगड्नुहुन्छ भने यसले तपाईंको छालालाई केहि दिनमा नै निखार ल्याउन मद्दत गर्दछ । यो भिटमिन सी को राम्रो स्रोत भएकाले यसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ ।

छालाको समस्यालाई टाढा राख्दछः
गोलभेडाको बिउको तेलले छालाको अधिकांस समस्याहरुलाई टाढा भगाउन मद्दत गर्दछ । गोलभेडामा भएको तत्वले बढ्दो उमेरको असरलाई कम गर्ने गर्दछ भने यसले फ्रि रेडिकल्ससँग पनि लड्न सहयोग गर्दछ । गोलभेडाको तेलले सोरायसिस र एक्जिमालाई कम गर्ने गर्दछ ।

पोलेको छालालाई पनि राहत प्रदान गर्दछः

यदि तातो वस्तु अथवा आगोले छालालाई पोलेको खण्डमा गोलभेडाको रसले राहत प्रदान गर्दछ ।

कपालको चाँया कम गर्दछः
चिसो मौसममा धेरैजसो मानिसहरुको कपालमा चाँयाको समस्या हुने गर्दछ । गोलभेडाले यसलाई हटाउनको लागि मद्दत गर्दछ । यसका लागि तपाईंले गोलेभेडाको गुदीलाई आफ्नो टाउकोमा रगड्नुपर्ने हुन्छ त्यसपछि असर तपाईं आफैँले देख्नुहुन्छ । राम्रो परिणामका लागि यसलाई हप्तामा दुईपटक लगाउनुहोस् ।

गोलभेडाको रसलाई महमा मिसाएर लगाउँदा छाला नरम हुन्छ:
यदि आफ्नो छालालाई नरम बनाउन चाहनुहुन्छ भने गोलभेडाको रसलाई महमा मिसाएर यसको पेष्ट बनाउनुहोस् । उक्त पेष्टलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटसम्म राख्नुहोस् । सफा पानीले धोएपछि तपाईंको छाला निश्चित रुपमा नरम र चम्किलो हुने गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।