‘नेतृत्व सही भए संस्था चु’स्त हुन्छ’

नवज्योति सहकारी हिलेको १० औ वार्षिक साधारण सभा सम्पन्न

धनकुटा खबर, पौष ५ । नवज्योति वचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको १० औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित साधारणसभामा सहकारी संस्थाका अध्यक्ष धिरेन थिङले आर्थिक वर्ष २०७५/७६ को पूँजि निर्माण तर्फ १२ करोड ४१ लाख २२ हजार ४ सय ८५ रुपयाँ वरावरको वार्षिक लक्ष प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

प्रतिवेदन अनुसार यस सहकारी संस्थाको आर्थिक वर्ष २०७६/७७ को लागि १४ करोड ७६ लाख ३४ हजार वरावरको अनुमानित कार्ययोजना साधारणसभामा प्रस्तुत गरिएको छ ।

त्यस्तै सहकारीका कोषाध्यक्ष योगेन्द्र शाहीले सँस्थाको २१ लाख ७३ हजार ८ सय २५ रुपयाँ वार्षिक आय व्यय तथा नाफा नोक्सान विवरण प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभालाई सम्वोधन गर्दै नगर प्रमुख तामाङले अहिले सम्म यो संस्था राम्रो चलेको र आगामी दिनमा अझ प्रगति गर्नु आवश्यक रहेको वताउनुभयो । उहाँले जुनसुकै पनि संस्थाको नेतृत्व सही भए संस्था चुस्त हुने भन्दै यो सहकारीले पनि आउदा दिनमा थप प्रगति गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पहिले सञ्चालन भएका तर अहिले निस्क्रिय रहेका सहकारीका सञ्चालकहरुलाई नगरपालिकाले खवरदारी गरिरहेको समेत स्पष्ट पार्नुभयो ।

त्यस्तैगरी १ नं वडाध्यक्ष निरेन तामाङले हरेक सहकारीहरुमा ५ सय शेयर सदस्य हुन जरुरी रहेको जानकारी गराउदै त्यो भन्दा कम सेयर सदस्य भएका सहकारीहरु मर्ज हुने वताउनुभयो । यता जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठले सहकारी स्थापनाको ईतिहासको वारेमा उल्लेख गर्दै जिल्ला सहकारी संघले स्थानिय सरकार सँग हातेमालो गर्दै सहकारीहरुलाई थप मजवुत वनाउने कार्यमा सहयोग गर्ने वताउनुभयो । भने नवज्योति वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सिताराम श्रेष्ठले पहिले केही समय सञ्चालन भई अहिले निस्क्रिय रहेको सहकारीको वारेमा वुझ्न जरुरी रहेको भन्दै यसमा स्थानिय सरकारले चासो राख्नुपर्ने वताउनुभयो ।

साधारणसभामा धनकुटा नगरपालिका वडा नं १ का सदस्य लालचन गोङवा,उद्योग वाणीज्य संघका अध्यक्ष उमेश घिमिरे, सम्पूर्ण सहकारीहरुको तर्फवाट अरुण उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गणेश पोखरेल लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा सहकारीले महिला नियमित वचतकर्ता सुष्मा राई, नियमित ऋण चुक्ता गरेवापत गोविन्द दाहाल, सविता शाह, उत्कृष्ठ महिला वचत कर्ता सविता राई, अमित थापा, शोभा तामाङ, गोपाल कार्की, राम कुमारी राई, डिल्ली राम राई र धेरै लामो समय सम्म संस्थामा कम्प्यूटर अपरेटरको काम गरि सहयोग पुर्याएको भन्दै विनिता श्रेष्ठ तामाङलाई सम्मान्न गरेको छ ।

साधारणसभामा संस्थाको नीति तथा कार्यक्रम उपाध्यक्ष रामवहादुर रायमाझीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।