विधानसभा चुनावमा भाजपालाई अर्को ध क्का लाग्ने संकेत

मुम्बई । भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा अपेक्षाकृत सफलता नपाउने देखिएको छ ।

निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी दल भारतीय काँग्रेस पार्टी र उसको क्षेत्रीय गठबन्धनले ८१ सीटमध्ये बहुमत स्थानमा अग्रता लिइरहेका छन् । भाजपाले जम्मा सोमबार अपरान्ह्सम्म २४ सीटमा अग्रता लिएको छ ।

सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र यसले भाजपाको उक्त निर्णयलाई पनि मतदानका माध्यमबाट अनुमोदन गर्ने वा गलत ठहराउने छ भनी विशेष चासोका साथ हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दास मतगणनाको सुरूवाती चरणमा पार्टीकै विद्रोही उम्मेदवार सरयू रायभन्दा पछि परेको बताइएको छ ।

भाजपाले झारखण्डमा अपेक्षाकृत मत नपाउनुलाई मुसलमान समुदायको विरोधी भएको दावी गरिने नागरिकतासम्बन्धी नयाँ कानूनले प्रभाब परेको आलोचकहरूले बताएका छन् । विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झडपहरूमा भारतमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अत्यधिक बहुमत प्राप्त गरी विजयी भएको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा विधानसभा निर्वाचनमा निकै कमजोर देखिएको छ । भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधान सभा चुनावमा पनि बहुमत गुमाएको थियो । त्यस्तै क्षेत्रीय सहयोगी शिव सेनासँगको सम्बन्ध टुटेपछि भाजपाले महाराष्ट्रमा सरकार बनाउन सकेको थिएन । –पीटीआई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।