जाडोमा श रीर तताउने तिब्बती स्पेशल सुप ‘थेन्थुक’, यसरी घरमै बनाउनुहोस्

काठमाडौं । तिब्बतमा पाइने धेरै खानाका प्रकारमध्येको एक हो थेन्थुक सुप । तिब्बतमा पाइने यो सुप पछिल्लो समय नेपालमा पनि निकै लोकप्रिय बन्दै गएको छ ।

हिमाली भेगमा पर्ने भएकाले पनि तिब्बतमा तातो बनाउने खानाका परिकार निकै धेरै बनाइन्छ ।

तिब्बतको विशेष मानिने यो सुप अहिले चिसो हुने संसारका धेरै ठाउँमा बनाउन थालिएको छ । नेपालमा पनि तिब्बतियन थेन्थुक सुप पाइन्छ । राजधानी काठमाडौंका धेरै होटलले थेन्थुक सुपलाई स्पेशल लिस्टमा राखेर राम्रो व्यापार गरिरहेका छन् ।

पर्यटकीय हब मानिने ठमेलका रेष्टुराँमा थेन्थुक सुप खाने पर्यटक र नेपालीहरुको पनि भीड देख्न सकिन्छ ।

प्रशस्त झोल, सागसब्जी हुने भएकाले यो सुप निकै स्वस्थकर मानिन्छ ।

कसरी तयार गर्ने त थेन्थुक सुप ?

थेन्थुक सुप विभिन्न तरिकाले तयार गरिन्छ । विभिन्न प्रकार र स्वादमा तयार गरिने हुनाले यसमा लाग्ने सामग्री फरक–फरक हुन सक्छन् । तर प्रायः सबै प्रकारका थेन्थुक सुपमा लाग्ने सामग्री र बनाउने तरिकाबारे हामी तपाईलाई जानकारी दिदैंछौ ।

विशेषत थेन्थुक सुप अन्य सुप जस्तै भेज र नजभेज गरी २ प्रकारमा तयार गरिन्छ । यिनै भेज र नजभेजमा पनि खाने मानिसको स्वाद अनुसार विभिन्न सामग्री राखिन्छ ।
तर सामान्यतया थेन्थुक सुप यसरी तयार गरिन्छ जुन तपाईले घरमै तयार गर्न सक्नुहुन्छ ।

थेन्थुक सुप तयार गर्नका लागि चाहिने सामानहरुमा पानी, नुन, टिमुरको धुलो, किकोमेन सस, लाइट सोया सस, होम मेड सस, आँटा, गाँजर, मूला, प्याज, हरियो साग, नुडल्स र नजभेज सुपका लागि मासु आवश्यक हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।