सर्भरमा स’मस्या भएपछि धनकुटामा भुक्तानीका काम ठप्प
धनकुटा खबर, १० पुष । विगत केहि समय देखि धनकुटाका स्थानीय तहको लेखा प्राणाली व्यवस्थित गर्ने सर्भर सूत्र विग्रिदा धनकुटाका स्थानीय तहमा भुक्तानीका कामहरु रोकिएका छन् ।
सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले २०७५÷७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको भएता पनी अहिले सर्भरमा समस्या भए पछि भुक्तानीका काम रोकिदा विभिन्न योजनाका भुक्तानी, कर्मचारीको तलवभक्ता र लेखाङ्कन गर्ने लगायत काम ठप्प भएको छ ।
साँगुरीगढी गाउँपालिकाका लेखा अधिृकत हेमचन्द्र रोइलाले सफ्टवयर नखुल्दा काम ठप्प भएको बताए । उनका अनुसार पहिलेका सबै काम गरेको सुत्र अपडेट गर्नु पर्दा दोहोरो दुःख पाइएको छ । धनकुटा नगरपालिकामा भने सूत्र अनुसार डाटा बेशमा काम गर्दा गत मंसिर महिनादेखि भएको आर्थिक कारोबारको सबै डाटा ह्याक भएर नचलेको नगरपालिकाले जनाएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका, पाख्रिाबास नगरपालिका, शहिदभूमि गाउँपालिका छथरजोरपाटी गाउँपालिकामा समेत यस्तै समस्या रहेको लेखाशाखा प्रमुखहरु बताउँछन् । भुक्तानीका काम रोकिदा विभिन्न योजनाका भुक्तानी, कर्मचारीको तलवभक्ता र लेखाङ्कन गर्ने लगायत काम ठप्प भएको उनिहरुको भनाई छ ।


