रुसले जडान गर्‍यो ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने क्षे’प्या’स्त्र

एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षे प्या स्त्रहरू जडान गरेको छ । त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षे प्या स्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्र हार गर्न सहज हुने र त्यसलाई भेद गर्न असम्भव हुनेछ ।

तर रूसले ती क्षे प्या स्त्रहरू कहाँ जडान गरेकाे छ भन्नेबारे केही खुलाएकाे छैन । यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत त्यहाँका अधिकारीहरूले दिएका थिए ।

रूसी रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षे प्या स्त्रहरू तैनाथ गरिएको बताउँदै सो घ टनालाई महत्त्वपूर्ण भएको दाबी गरेका छन् । यसैगरी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षे प्या स्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्‍याएको बताएका छन् ।

पुटिनले मङ्गलवार अभानगार्ड प्रणालीले अहिले भएका सबैखाले क्षे प्या स्त्र प्रतिर क्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताएका थिए । उनले भनेका थिए, ‘अन्य कुनै पनि देशसँग यति छिटो उड्ने ह तियार छैनन्, क्षे प्या स्त्रको कुरै छाडौँ ।’

पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरेका थिए । सन् २०१८ को डिसेम्बरमा सो क्षे प्या स्त्रले परीक्षणमा छ हजार किलोमिटर परको लक्ष्यलाई प्र हार गरेको थियो । अन्तरमहादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अ स्त्र बोक्न सक्ने बिबिसीले लेखेकाे छ ।

रूसकाे याे दाबीमाथि तत्काल केही नबाेल्ने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । हाल हाइपरसोनिक क्षे प्या स्त्र कार्यक्रम अमेरिका र सन् २०१४ मा परीक्षण गरेको दाबी गरेको चीनसँग रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।