यस्तो छ ८५ वर्ष भन्दा बढी उमेर समुहका ७३ जना ज्येष्ठ नागरिकको जीवन भोगाई र अनुभव – हेर्नुस् भिडियो
धनकुटा । धनकुटाको महलक्ष्मी नगरपालिकामा भित्र वसोवास भएका ज्येष्ठ नागरिकहरुको जीवन अनुभव, भोगाई र उनिहरुले समाजमा गरेका योगदानलाई समेटेर निर्माण गरिएको ज्येष्ठ नागरिक अनुभव वित्तचित्र हरि लम्जेल नामक युट्यूवमा सार्वजनिक भएको छ ।
सो भिडियो वित्तचित्रमा महालक्ष्मी नगर क्षेत्रका ९ वटै वडा भित्र वसोवास गर्नुहुने ८५ वर्ष भन्दा वढी उमेर समुहका ७३ जना ज्येष्ठ नागरिकको अनुभव समेटिएको छ । यो वित्तचित्र महालक्ष्मी नगरपालिकाले निर्माण तथा उत्पादन गरेको हो ।
यसमा प्राविधिक सहयोग नेशनल एड्भटाइजिङ् एजेन्सी धनकुटाले गरेको छ । वित्तचित्रमा रहेको ज्येष्ठ नागरिकको अनुभव भावी यूवा पुस्ताको लागि सिकाइको माध्यम समेत हुने नगरप्रमुख पर्शुराम नेपालले बताउँनु भयो । हेर्नुहोस् उक्त वित्तचित्र

