मुलुक परिर्वतनको एउटै शर्त आर्थिक अवस्था मजवुद : ईन्द्रमणी पराजुली
शर्मिला राई, धनकुटा खबर, पौष २६ । प्रदेश नं १ का न्याय प्रशासन तथा विधायन समितिका सदस्य ईन्द्रमणी पराजुलीले जव सम्म पुँजी निर्माण गरेर देशलाई आर्थिक रुपमा माथि उठाउन सकिदैन तव सम्म मुलुकलाई साचो ढंगले अग्रगामी परिवर्तनमा लान नसकिने वताउनुभएकोे छ ।
अरुण उपभोक्ता सहकारी संस्था धनकुटा १ हिलेको आज सम्पन्न १० औ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभउको हो ।
मुलुक परिर्वतनको एउटै शर्त भनेको आर्थिक अवस्था मजवुद हुने कुरा हो, उत्पादनको काम धेरै गर्ने कुरा हो उहाँले भन्नुभयो । शेयर सदस्यहरुलाई विभिन्न सीप र पेशा व्यवसायमा संलग्न गराई स्वरोजगार र आत्मा निर्भर वनाउदै सहकारीको माध्यमवाट अघि वढे अहिलेको राष्ट्रिय लक्ष पूरा गर्न निक्कै महत्वपूर्ण हुने समेत उहाँको भनाई छ ।

त्यस्तैगरी धनकुटा नगरपालिकाका १ नं वडाध्यक्ष निरेन तामाङले चौतर्फी विकासले मात्र समृद्धी हाँसिल गर्न सकिने भन्दै अहिले स्थानिय स्तरमा स्वास्थ्य,शिक्षा,पर्यटन,कृषी लगायत सम्पूर्ण क्षेत्रको विकास भईरहेको जानकारी गराउँनु भयो । उहाँले देशको चौतर्फी विकासका लागि सहकारीको माध्यमवाट आर्थिक विकास हाँसिल गर्न सकिने वताउनुभयो ।

जनताको आधारभुत आवश्यक्ताका कुराहरुलाई सहज वनाउने क्रममा उहाँले अव यही महिनावाट १ नं वडा भित्रै खोप केन्द्र स्थापना गरिने समेत जानकारी गराउनुभयो । सभामा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठले सहकारी स्थापनाको ईतिहाँसको वारेमा जानकारी गराउदै वजार एकाधिकारको अवस्थालाई उपभोक्ता सहकारीहरुले अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्ता सहकारीहरुले सुपथ मूल्यको पसलवाट उपभोक्ताहरुको भलाई गर्नुपर्ने उहाँको भनाई छ । यता महिला स शक्तिकरण वचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सुनिता लावतीले सहकारीहरुले अव वचत र ऋण लगानी गर्ने मात्र नभई दूव्र्यसन न्यूनिकरण गर्ने र स्वारोगार र्सिजना गर्ने तर्फ पनि ध्यान दिन आवश्यक रहेको वताउनुभयो ।
साधारण सभामा संस्थाका अध्यक्ष गणेश पोखरेलको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष गणेश पोखरेलले आर्थिक वर्ष २०७६/७७ का लागि ११ करोड ७२ लाख ७६ हजार १ सय वरावरको कार्ययोजना प्रस्तुत गर्नुभएको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ११ करोड १८ लाख ९७ हजार ३ सय ४० रुपायाँ वरावरको कार्ययोजना सञ्चालन गरेको थियो भने प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ को आय व्यय २२ लाख ६८ हजार ५ सय ४९ रुपयाँ ४४ पैसा रहेको छ ।

साधारण सभामा धेरै शेयर खरिद गर्नुहुने सिताराम तामाङ सहित ५० जनालाई शेयर वोनस वितरण गरिएको छ । सोही अवसरमा संस्थाका शेयर सदस्यको परिवारमा दु ख परे राहत उपलव्ध गराउने संस्थाको ७ औ वार्षिक साधारण सभाको निर्णय अनुसार स्व डम्वर वहादुर शाही ठकुरीको परिवार र पूर्ण वहादुर श्रेष्ठको परिवारलाई राहत स्वरुप नगद रु १०-१० हजार प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ठ ऋणी र वचत कर्ताहरु लाल कुमारी राई,निलम राई, नित्र तामाङ, कुमार तामाङ, निक्समा राई र आरती ठाकुरलाई सम्मान गरिएको छ । साधारणसभामा वडा नं १ का सदस्य लाचन गोम्वा, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, क्षेत्रीय होटल एशोसिएसनका अध्यक्ष खगेन्द्र विष्ट, नवज्योती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धिरेन थिङ,मजदुर वचत तथा ऋण सहकारी संस्थाका सचिव फूर्वा घिसिङ लगायतले मन्तव्य राखेका थिए । सञ्चालन संस्थाका उपाध्यक्ष दिपक घिमिरेले गर्नुभएको थियो ।


