स्वास्थ्य मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन,- कोरोना भा’इरस उपचारका लागि आवश्यक तयारी गर्नुस्
काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भा’इरसबाट सं’क्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई बालुवाटारमा बोलाएर सम्भावित जोखिम र यसको रोकथामका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो । छिमेकी राष्ट्र चीनबाट फैलिएको यो भा’इरस पछिल्लाे समय नेपालमा समेत देखिन थालेपछि प्रधानमन्त्री ओलीले यसबारे चासो दिनुभएको हो ।
ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भा’इरसको सं’क्रमण र सं’क्रमितहरुको उपचारको अवस्थाका बारेमा समेत जानकारी लिनुभएको थियो । गत डिसेम्बर महिनादेखि चीनमा देखिएको काेरोना नामक नयाँ प्रकृतिको भा’इरसको सं’क्रमणबाट चीनमा मात्रै अहिलेसम्म ५६ जनाको मृ’त्यु भइसकेको छ भने चीनबाट फर्किएका एक नेपालीमा समेत यो भा’इरसको सं’क्रमण पुष्टि भइसकेको छ ।
थप दुई जना सं’क्रमितको आ’शंकामा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत रहेका छन् । सरकारले कोरोना भा’इरसको सं’क्रमण देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवस्था गरेको छ ।


