पानी क म पिउँदा निम्तन्छन् यस्ता स मस्या

एजेन्सी । मानिसको जीवनमा खानेकुराभन्दा बढी पानी आवश्यक हुन्छ । पानीविना बाँच्न असम्भव छ । त्यसैले पानी जीवन हो । शरीरका महत्वपूर्ण अगंहरू पानीले बनेका हुन्छन् । रगत, मासंपेशी, हड्डी आदि सबैमा पानी आवश्यक पर्दछ । स्वास्थ्य विशेषज्ञका अनुसार मानिसको शरीरमा पानीको मात्रा सन्तुलित राख्न दैनिक आठ गिलास पानी पिउनुपर्छ ।

विभिन्न रोगबाट बच्न पनि पर्याप्त पानी पिउनुपर्छ । पानीको कमी हुँदा किड्नीको समस्या, पिसाबको संक्रमण हुने गर्दछ । पानीको कमीले निम्न समस्याहरू देखा पर्दछ ः

कब्जियत शरीरमा पर्याप्त पानी नभएमा कब्जियतको समस्या देखा पर्दछ ।

पेटको अल्सर शरीरमा पानीको कमी हुँदा पाचन प्रक्रियामा असर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर हुन जान्छ ।

प्राचन प्रणालीमा समस्या हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुर्याउन र पाचन प्रणालीलाई सफा बनाउन पानीको आवश्यकता पर्दछ । पानीको अभावमा पाचन प्रक्रिया असहज हुन्छ ।

जोर्नी दुख्छ शरीरमा पर्याप्त पानीको मात्रा नभएमा शरीर पोल्ने र जोर्नी दुख्ने समस्या हुन्छ । जोर्नीमा लगभग ८० प्रतिशत पानी रहेको हुन्छ ।

डिहाइड्रेसन पानी अभावमा शरीरमा डिहाइड्रेसन हुन्छ । यसले अरू समस्या पनि उत्पन्न गराउँछ ।

मुटुको धडकन बढ्छ जब शरीरमा पानीको अभाव हुन्छ तब शरीरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुने गर्दछ । पानीको कमीले मुटुको चाल असामान्य बनाउँछ ।

शरीरको तापक्रम वृद्धि पानीको कमी हुँदा हाम्रो शरीरमा तापक्रम बढ्छ । शरीरलाई चिसो बनाउनका लागि पनि पानी पिउनुपर्छ ।

आँखा धमिलो हुन्छ शरीरमा पानीको अभाव भएमा कुनै पनि तन्तु तथा कोषले पानी पाउँदैनन् । त्यसकारण शरीरलाई आलस्य, कमजोर हुनुका साथै आँखा पनि धमिलो हुन्ने गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।