बिहान खा ली पेटमा खान हुँ दैन यी चीज, जसले हा नी पुर्‍याउँछ

एजेन्सी । बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । यस्तो अवस्थामा बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ ।

थाहापाउनुस् विहान खाली पेटमा खान नहुने यी चीज

ग्रीन टी वा चिया

धेरैजसो व्यक्ति विहान उठेपछि ग्रीन टी वा चिया पिउने गर्छन् । यसले स्वास्थ्यमा नराम्रो असर पर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।

गोलभेँडा

गोलभेँडामा अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँदा राम्रो ।

दुध

दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ । विहान खाली पेटमा दुध पिउँदा खोकीको समस्या हुनसक्छ । साथै बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु हुँदैन ।

बिहानै दही पनि खानु राम्रो होइन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

केरा

तौल बढाउनको लागि प्रायः मानिस केरा खाने गर्छन् । बिहान उठेर केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बिग्रने खतरा हुन्छ । बिहान केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।