आ’पतका बेला सहयोग गर्ने साथी ‘वास्तविक साथी’ !
चीन । कोरोना भा’इसरवि’रूद्ध जु’धिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषका साथै विभिन्न एघार मुलुकले भा’इरस नि’यन्त्रण र रो’कथामका लागि पठाएको सहयोग चीन पुगेको चीन सरकारका प्रवक्ता हुवा चुन्निङले सोमबार बताएकी छिन् ।
दक्षिण कोरिया, जापान, बेलायत, फ्रान्स, टर्की, पाकिस्तान, काजकस्तान, हङ्गेरी, इरान, बेलारूस र इनिडोनेसियाबाट कोरोना भा’इरस नि’यन्त्रणका लागि सामग्री उपलब्ध भएको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले पत्रकार सम्मेलनमा बताइन् ।
उक्त सामग्री आइतबारसम्म आइपुगेको उनले उल्लेख गरिन् । अन्य मुलुकबाट पनि सहयोगका सामग्री आउने क्रम रहेको खबरहरू प्राप्त भएका उनको भनाई थियो ।
आवश्यक(आ’पत) परेका बेला सहयोग गर्ने साथी वास्तविक साथी रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिइन् । चीनमा कोरोना भा’इरसको स’ङ्क्रमणका कारण मेडिकल मास्क, प्रो’टेक्टिभ सुट र सु’रक्षित चश्माजस्ता सामानको जरूरी रहेको छ । एजेन्सी


