बिहानको खानेकुरामा के खाने

एजेन्सी । ब्रेकफास्टमा लिइने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ । खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् । यसको प्रयोगले फ्याट बढाउनुका साथै पाचन प्रक्रियामा पनि असर पुर्‍याउँछ । बरु विकल्पमा फ्याट फ्री अन्डा, चनालगायतको प्रयोग गर्न सक्नुहुन्छ । यस्तो खाजाले तौलसमेत सन्तुलनमा राख्न मद्दत पु¥याउछ ।

बिहानको समय कफी पिउँदा भोक मेटिन्छ । तर, यसले स्वास्थ्यमा भने खराब असर पुर्‍याउँछ । गर्मीमा कोल्ड कफी पिउने प्रचलन हुन्छ । यसो पनि गर्नु हुँदैन । जुसलाई हामी स्वस्थकर पेय पदार्थका रूपमा लिन्छौँ । तर, ब्रेकफास्टमा कहिल्यै पनि प्याकिङ जुस प्रयोग गर्नु हुँदैन । यस्ता जुसमा चिनीको मात्रा बढी हुन्छ ।

यसको प्रयोगले फ्याट र चिनीको मात्रा बढाउँछ । त्यस्तै, सागपातको जुस पनि प्रयोग गर्नु हुँदैन । यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छ तर फाइबर र प्रोटिन हुँदैन । यसको विकल्पमा पानी पिउन या सुन्तला खान सक्छौँ । जुन निकै स्वस्थकर मानिन्छ ।

तपाईं अन्डा र चिज स्यान्डविच आफैँ तयार गर्न सक्नुहुन्छ । त्यसैले यसलाई ब्रेकफास्ट मेनुमा पनि राख्न सक्नुहुन्छ । यस्तो स्यान्डविचको प्रयोगले असर गर्दैन । तर, फ्रोजन स्यान्डविचमा सोडियम र अस्वस्थकर फ्याट हुन्छ, जसको प्रयोग गर्दा राम्रो हुँदैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।