साउदीमा भेटियो बर्डफ्लु

एजेन्सी, २२ माघ । साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको स,ङ्क्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो ।

अहिले घटनास्थल र अन्य श,ङ्कास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ । उनीहरुले आवश्यक परीक्षण, अध्ययन, अनुसन्धान भइरहेको पनि जनाएका छन् ।

साउदी अरबका कृषि अधिकारीहरुले सबै परीक्षण र उच्च सतर्कता अपनाउने कार्य भइरहेकाले मानव स्वास्थ्यमा भने कुनै खतरा नरहेको दाबी गरेका छन् ।

साउदी अरबको एउटा पत्रिकाले लेखेको समाचारअनुसार बेलैमा थाहा पाएर नियन्त्रणका उपायहरु तत्काल अपनाउन सकिएकाले थप फैलिन नपाएको अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अबा अल खाइलले बर्डफ्लुको भाइरस सङ्क्रमण भएको चरालाई नष्ट गरिसकिएकाले अब मानिसमा फैलिने सम्भावना नरहेको जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।