सरकार स मृद्धिको बाटोमा छ, ढु क्क हुनुहोस्: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित ‘एशियाली नेतृत्वकर्ता पुरस्कार वितरण कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गरे । उनले सरकार जनताको सुख र समृद्धिको निम्ति काम गरिरहेको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध रुपमा अगाडि बढिरहेको बताए । उनले भने, ‘नेपाल स्रोत र साधनले धनी देश हो, अब यी स्रोतसाधनको प्रयोग गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई नेपाल फर्काउने अभियानमा सरकार लागिपरेको छ ।’

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक स्थिरता छाएको र स्थिर सरकार बनेको अवस्थामा अब मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सहयोग गर्न सबैलाई अपिल गरे । विसं २०७२ को भूकम्पपछि नेपालले पुनःनिर्माण र नवनिर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उहाँले मुलुक विकासको बाटोमा अगाडि बढिसकेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा कोरोना भाइरस छैन, नेपाल कोरोना भाइरसमुक्त छ, यसबाट जोगिनका लागि व्यवस्थापन गरिएको छ, डराउनुपर्ने कुनै अवस्था छैन ।’

सोही अवसरमा प्रधानमन्त्री ओलीले ‘एशियन लिडरसीप अवार्ड–२०२०’ चन्द्रप्रसाद ढकाल (नेपाल) र शिव कुमार (भारत) लाई प्रदान गरे । सम्मेलनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र अर्थमन्त्री डा.युवराज खतिवडाले समेत सम्बोधन गरेका थिए ।

सङ्घका अध्यक्ष सुशील भट्टले देशको व्यवस्थापन गर्न सङ्घले सरकारलाई सहयोग गर्दै आइरहेको र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनले तीन वर्षको लागि १७ सदस्यीय नयाँ कार्यसमिति नेतृत्व गर्नेछ । सम्मेलनमा एक हजार १०० प्रतिनिधि सहभागी रहेका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।